logo

भाइरस संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा आवश्यक, बैशाख ३० सम्म निषेधाज्ञाको अवधि थप

      5/4/2021 गते 00 00 मा प्रकाशित     871   पटक पढिएको

पर्सा जिल्लामा बैशाख १६ देखी जारी निषेधाज्ञा अव बैशाख ३० गते राती १२ बजे सम्मकालागि जारी रहने भएको छ ।

 

पर्साका प्रमुख जिल्ला अधिकारीले पर्सामा जारी निषेधाज्ञाको अवधि ८ दिन थप्ने आदेश गर्नु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्साको मंगलवार बसेको बैठकले निषेधाज्ञा बैशाख ३० गते राति १२ बजेसम्म लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरे पछि स्थानीय प्रशासनको तर्फबाट यस्तो आदेश जारी भएको हो ।  ।

 

यस अघि वैशाख १६ गते बिहान ६ बजेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि २२ गते राति १२ बजे सकिने समय थियो ।


केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अधयक्षतामा बसेको बैठकले कोभिड १९ को  संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा उपयोगी भएको ठहर गर्दै चेन ब्रेक गर्न निषेधाज्ञा लम्ब्याउनुपर्ने निस्कर्ष निकाल्दै सिफारिस गर्ने निर्णय भएको हो ।


बैठकमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सञ्ज्य कुमार ठाकुर, चण्डीप्रसाद गणका प्रमुख सेनानी मदनजंग राणा, पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, प्रमुख अनुसन्धान अधिकृत रामबाबु चौधरी, जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसिया, नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अधयक्ष अनुप तिवारी, होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कँडेल लगायतको उपस्थिति  रहेको थियो । 

 

आज बसेको केन्द्रको बैठकले अक्सिजन उत्पादन गर्ने उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न र स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रमा आपूर्ति नगर्न निर्देशन गरेको छ। उद्योगको अक्सिजनको उत्पादन, भण्डारण र बिक्री वितरणको दैनिक अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ। यसैगरी, वीरगंज महानगरपालिकालाई सय शय्याको कोभिड अस्थायी विशेष अस्पताल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ भने सय शय्याको आइसोलेशन सञ्चालनमा ल्याउन सुझाव दिइएको छ। परीक्ष्Fण दायरा बढाउन वीरगंज महानगरपालिकाले उपयुक्त स्थानमा स्वाब सङ्कलन केन्द्र स्थापना गरी स्वाब सङ्कलन गर्न र सोको परीक्ष्Fण नारायणी अस्पतालमा गराउने आग्रह गरिएको छ।

                नारायणी अस्पतालमा दुईजना कर्मचारीलाई सङ्क्रमितको उपचारमा खटाउन चार महीना अवधिको करारमा नियुक्त गर्न सिफारिश गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.