logo

वीरगन्ज महानगरले अस्थायी कोभिड अस्पताल र आईशोलेसन सेण्टर बनाउने, आधारभूत सुविधा निशुल्क

      5/4/2021 गते 00 00 मा प्रकाशित     1182   पटक पढिएको

 वीरगंज महानगरपालिकाले एक सय वेड क्षमताको अस्थायी कोभिड अस्पताल र एकसय वेड क्षमताको आइसोलेशन सेन्टर बैशाख २४ गते शुक्रवारदेखि संचालन गर्ने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र  पर्साको मंगलवार बसेको बैठकले महानगरपालिकामा अस्थायी कोभिड अस्पताल र आइसोलेशन सेन्टर संचालन गर्ने निर्णय गरेको हो ।  

 


    वीरगंजमा कोभिड संक्रमितहरुको संख्या वढदो अवस्थामा रहेको र संक्रमित व्यक्तिहरुमा अक्सिजन दिनुपर्ने अवस्था देखिएकोले वीरगंजमा रहेका अस्पतालमा उपचार गर्ने ठाउँ समेत नभएको अवस्थामा महानगरपालिकाले आफ्ना नागरिकको जीवन रक्षाका लागि कोभिड अस्पताल र आइसोलेशन सेन्टर संचालन गर्न लागेको महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वताउनु भयो । 


वीरगंजको घडिअर्वा स्थित गोपाल मण्डली धर्मशालामा अस्थायी कोभिड अस्पताल र आइसोलेशन सेन्टर वैशाख २४ गते देखि संचालन गर्न लागिएको नगर प्रमुख सरावगीले वताउनु भयो । कोभिड अस्थायी अस्पतालमा डाक्टर सहित प्यारामेडिकल स्टाफ समेत राखेर कोभिड संक्रमितहरुको उपचार गरिनेछ । 


उहाँका अनुसार कोभिड अस्थायी अस्पतालमा अक्सिजन सहितको वेडको व्यवस्था गरिनेछ । अव होम आइसोलेशनमा रहेका विरामीहरुको लागि स्वास्थ्यकर्मीको निगरानीमा औषधी र अक्सिजन दिनुपर्ने भएकोले होम आइसोलेशनमा रहेका अक्सिजन प्रयोग गर्नु पर्र्ने विरामीहरुलाई अस्थायी कोभिड अस्पतालमा उपचारार्थ भर्ना गरिने नगर प्रमुख सरावगीले वताउनु भयो । 


होम आइसोलेशनमा अक्सिजन प्रयोग गरिरहेका विरामीहरुको अवस्था समेत जटिल वन्न थालेकोले डाक्टरको निगरानीमा उपचार गर्न महानगरपालिकाले कोभिड अस्पताल संचालन गर्न लागेको प्रमुख सरावगीले जानकारी दिनुभयो । 


कोभिड अस्पतालमा उपचारार्थ भर्ना भएका संक्रमितहरुलाई अक्सिजन, औषधी र खाजा, खाना समेत महानगरपालिकाले निशुल्क रुपमा उपलब्ध गराउने प्रमुख सरावगीले वताउनु भयो । वीरगज महानगरपालिकाले केही दिन अघि मात्र एम्वुलेन्स, शव वहान सेवा संचालनमा ल्याएको छ ।

 

त्यसै गरी लायन्स क्लवको साझेदारीमा कोभिड संक्रमितहरुको निशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउदै आएको छ । वीरगंज महानगरपालिकाले कोभिड संक्रमितलाई वडा कार्यालय मार्फत घरघरमा औषधी वितरण गदै आएको छ । 


वीरगंजमा गत वर्ष कोभिड १९ को संक्रमण समुदाय स्तरमा फैलिए पछि महानगरपालिकाले वीरगंजवासीको उपचारको लागि वीरगंज स्थित गण्डक अस्पताललाइ भाडामा लिएर अस्थायी कोभिड अस्पताल संचालन गरेका थियो । गण्डक कोभिड अस्पतालमा ४०४ जना र महानगरपालिकाले संचालन गरेको सिद्धार्थ आइसोलेशन सेन्टरमा १२३ जना संक्रमितहरुहो उपचार गरिएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.