logo

मधेशका मुख्यमन्त्रीको कार्यालयमा अख्तिायरको छापा बिभिन्न योजनाका फाइल नियन्त्रणमा

 इसीमाना सम्वाददाता     २०८१ चैत २० गते १३: ५७ मा प्रकाशित     664   पटक पढिएको

जनकपुरधाम । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मधेश प्रदेश कार्यालय बर्दिवासले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । 


अख्तियारको टोलीले अनुसन्धान सम्वद्ध फाइलहरु लिनकालागि छापा मारेको बताइउको छ । अख्तियारको टोलीले स्वच्छता अभियान, सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिद सम्बन्धी फाइलहरु लगेको स्रोतले जनाएको छ ।


आर्थिक वर्ष ०७५र०७६ देखि ०७७र०७८ सम्म मुख्यमन्त्रीको कार्यालयबाट सोझै संचालन गरिएका योजनाहरु अनुसन्धानको दायरमा रहेका छन । 


निजामती पीआइएस सिस्टम, अफिस अटोमेसन सिस्टम र जिन्सी अटोमेसन सिस्टम लगायतका सफ्टवेयर खरिद गरिएको सम्बन्धी फाइलहरु पनि अख्तिायारले लगेको छ ।

लगभग एक करोडको लागतमा खरिद गरिएका सफ्टवेयरहरु हालसम्म प्रयोगमा आएको छैन । सफ्टवेयरहरु स्टोरमा समेत दाखिला रहेको छैन । तर सफ्टवेयरहरुको भुक्तानी सोही आर्थिक वर्षमा भइसकेको बताइएको छ । अख्तियारले त्यस सम्बन्धी सम्पूर्ण फाइल पनि लगेको छ । स्रोतका अनुसार तत्कालीन समयमा मुख्यमन्त्री कार्यालयले खदिर गरेको सुरक्षा सम्बन्धी उपकरणको फाइलहरु समेत अख्तियारले नियन्त्रणमा लिएको छ ।

अख्तियार स्रोतका अनुसार कारोबार भएको मिति पुरानो भए पनि करिब तीन महिना पूर्व उजुरी परेकोले अनुसन्धान थालिएकोछ । टोलीले तीनवटै योजनाको विभिन्न फाइल लगेको अख्तियार स्रोतले पुष्टि गरेको छ । मधेश प्रदेशको पहिलो मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा स्वच्छता अभियान र ‘बेटी पढाउ बेटी बचाउ अभियान’ शुरु गरिएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.