logo

वरिष्ठ पत्रकार स्वतन्त्रता सेनानी रिसालको निधन, महासंघ दुःखीत

 इसीमाना सम्वाददाता     २०८१ चैत २५ गते १३: १५ मा प्रकाशित     425   पटक पढिएको

वीरगंज । नेपाली पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ । 

 रिसालको उपचारका क्रममा चैत्र २४ गते आइतबार साँझ काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रण्टलाइन अस्पतालमा निधन भएको हो ।

वरिष्ठ पत्रकार रिसाल २०७७ सालसम्म नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा आवद्ध रही महासंघमा सक्रिय हुनुहुन्थ्यो । यस दौरान उहाँले महासंघ भक्तपुर शाखामा सल्लाहकारको भूमिका निर्वाह गर्नुभएको थियो ।

 उहाँलाई नेपाल पत्रकार महासंघले २०६४ सालमा ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानबाट सम्मानित गरेको थियो ।
 
विगत छ दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका रिसालले वि. सं. २०२० सालदेखि २०४२ सालसम्म राष्ट्रिय समाचार समितिमा काम गर्नुभएको थियो ।

उहाँले हालखबर पत्रिकामा करिव चार वर्ष काम गर्नुभएको थियो भने रेडियो सगरमाथामा कार्यक्रम सञ्चालन गनुभएको थियो ।

 स्वास्थ्य अवस्था ठीक भइरहँदा मजदुर दैनिकमा नियमित स्तम्भ लेख्दै आउनु भएका रिसाल लेखन कार्यसमेत गर्नुहुन्थ्यो । उहाँका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरवदाइ’ लगायतका पुस्तक प्रकाशित भएका थिए ।

उहाँको निधन प्रति शोक ब्यक्त गर्दै नेपाल पत्रकार महाचसंघले दुःख ब्यक्त गरेको छ ।

उहाँको निधनले नेपाली पत्रकारिता जगत्ले एक जना सिद्धान्तनिष्ठ, परिपक्व, योग्य र अनुभवी पत्रकारलाई गुमाएको छ महासंघले जारी गरेको बिज्ञप्तिमा उललेख छ । 

उहाँको निधनलाई महासंघले पत्रकारिता जगतको अपूरणीय क्षतिको रूपमा लिएको छ ।

 उहाँले पत्रकारिता क्षेत्रमा पुर्‍याउनु भएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहनेछ । स्वर्गीय रिसालका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ ।

 महासंघले बिज्ञप्ति मार्फत शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.