logo

पर्सामा निषेधाज्ञा फेरी थपियो, नारायणीको प्रयोगशालामा अव २४ घण्टा परिक्षणको ब्यवस्था हुने

      5/12/2021 गते 00 00 मा प्रकाशित     826   पटक पढिएको

कोरोना भाइरसको संक्रमणको “चेन” तोड्ने भन्दै बैशाख १६ गते देखी जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन पर्साको डीसीसीएसीले सिफारिश गरेको छ ।

 

यही सिफारिशका आधारमा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले निषेधाज्ञा थपको आदेश जारी गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय सम्बद्ध स्रोतले जनायो । 


बैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा पहिलोपटक थप गरेर बैशाख ३० गते मध्यराति १२ बजेसम्म लम्ब्याईएको थियो । 

यसैगरी बैठकले नारायणी अस्पतालको प्रयोगशालालाई  २४ घण्टा संचालनमा ल्याउने गरि ब्यवस्थापन गर्न निर्णय गरेको छ ।

 

तीन सिफ्टमा कोरोना भाइरसको परिक्षण गर्ने गरि जनशक्ति थप गर्ने भएको छ । त्यसका लागि मेडिकल, माइक्रोबायोलोजिष्ट (एमएससीरएमडी) र ल्याब टेक्नोलोजिष्ट गरी तीन जना जनशक्ति कारारमा लिने निर्णय गरेको छ ।

 

आवश्यक प्रक्रिया पुर्‍याइ बढीमा तीन महिनाको लागि नारायणी अस्पतालले राख्ने स्वास्थ्यकर्मीको पारिश्रमिक डीसीसीएमसीमार्फत उपलब्ध गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।


बीरगंज भन्सार कार्यालयको स्वामित्वमा रहेको भन्सार गोदाम पश्चिमको करिब साढे २ बिगाह सरकारी जग्गालाई होल्डिग सेन्टर बनाउन उपयुक्त देखिएकोले होल्डिङ्ग  सेन्टर निर्माणकालागि  गृह मन्त्रालयमा सिफारिस गरी पठाउने निर्णय पनि गरेको छ । 

 

कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी मुस्लीम धर्मावलम्बीहरुको महान चाड ईदको अवसरमा सबै सर्वसाधारणलाई मस्जिद, बजार जस्ता ठाउँमा भिडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै आआफ्नो घरमा चाँडपर्व पूर्ण सजगताका साथ मनाउन अनुरोध गर्ने  निर्णय गरेको छ ।

 

वीरगञ्ज नाकामा करिब एक हजार बेड क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय संघीय सरकारले गरेको छ । मन्त्रिपरिषद्को वैशाख १३ गते बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.