logo

जनताको आवाज बोल्दै एमाले, सरकारी कार्यालयमा बिचौलिया हावी, सुशासनको प्रत्याभूती नभए आन्दोलनमा उत्रने चेतावनी

 इसीमाना सम्वाददाता     २०८२ जेठ ६ गते ०४: ३९ मा प्रकाशित     1061   पटक पढिएको

वीरगञ्ज । नेकपा एमाले वीरगंज महानगर कमिटीले सुशासनको प्रत्याभूतीको माँग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 


महानगर कमिटीका अध्यक्ष नवराज शर्मा, पार्टीका केन्द्रीय सल्लाहकार तथा महानगरका निर्वतमान प्रमुख बिजय कुमार सरावगी,महानगर इञ्चार्ज विचारी यादव,  सहितको टोलीले ज्ञापन पत्र बुझाउदेृ आफ्नै सरकारलाई सुशासन दिन भनेको हो ।

 पर्साका सरकारी कार्यालयमा नियमितता, भ्रष्टाचार र बिचौलियाको प्रभाव छ भन्ने ठहर एमाले वीरगंज महानगरको छ र त्यसलाई निस्तेज पार्न उसले ज्ञापन पत्र मार्फत माँग गरेको छ । 

No description available.

एमालेले सुधारको अपेक्षा राखेको छ सुधार नहुदामा आन्दोलनमा जाने बिकल्प रहेको स्मरण समेत गराएको छ । 

एमाले वीरगञ्ज महानगरले यातायात व्यवस्था, मालपोत, नापी, भन्सार, विद्युत प्राधिकरणलगायत दर्जनौं कार्यालयमा बिचौलियाबिना कुनै सेवा नपाइने अवस्था भएको आरोप लगाएको छ ।

“जनतालाई दैनिक कामका लागि कार्यालय धाउनुपरेको छ, तर पैसा र प्रभावबिना सेवा पाउन गाह्रो भएको छ,“ अध्यक्ष नवराज शर्माले हस्ताक्षर  गरेको विज्ञप्तिमा भनिएको छ।

एमाले महानगर कमिटीले प्रहरी प्रशासनप्रति पनि असन्तुष्टि जनाउँदै राजनीतिक र सामाजिक प्रभावमा परेर काम गर्ने, सानातिना विवादमा मुद्दा थोपर्ने प्रवृत्तिको आलोचना गरेको छ ।

यस्तै, विकास निर्माणको गुणस्तर खस्किएको, अनुगमन नहुने, कमिसनको खेल मौलाएको भन्दै नियन्त्रण गर्ने संयन्त्र नै कमजोर भएको उल्लेख गरिएको छ ।

 

 स्थानीय तहको कमजोरीप्रति पनि एमाले महानगर कमिटिले गुनासो गरेको छ । स्वास्थ्य क्षेत्रमा उल्लेख्य भूमिका नदेखिएको र तीन तहको सरकारमध्ये स्थानीय तह समेत निष्क्रिय जस्तो देखिएको भन्दै आलोचना गरेको हो ।

 

करिब पाँच महिनाअघि जगरनाथपुरमा आगलागी हुँदा ४ बिघा धान खेत जलेको घटनामा अहिलेसम्म राहत नपाएको, बन्दरगाह क्षेत्रको अधिग्रहणपछिको क्षतिपूर्ति अझै बाँकी रहेको विषयमा समेत तत्काल कदम चाल्न आग्रह गरिएको छ ।

 

विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भन्ने प्रधानमन्त्रीको भनाइ पर्साका सरकारी कार्यालयमा चुनौती बनेको छ ।“ एमालेलाई यस्तो बेथिति किमार्थ स्वीकार्य नहुने स्पष्ट गर्दै आवश्यक सुधार नभए सशक्त आन्दोलन घोषणा गर्ने  चेतावनी दिएको छ ।


 ज्ञापन पत्र बुझाउन गएको टोलीमा  महानगर कमिटि सचिव जयनारायण सिंह कुर्मी, महानगर लेखा समिति अध्यक्ष अजय साह, वीरगञ्ज महानगर वडा नम्बर १७ का वडा अध्यक्ष सञ्जिव बहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.