logo

नारायणी अस्पतालमा अक्सिजन प्लाण्ट जडान गर्ने योजनाबाट पछि हट्यो महानगर 

      5/20/2021 गते 00 00 मा प्रकाशित     816   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाले नारायणी अस्पतालमा स्थापना गर्न लागेको स्वचालित अक्सिजन प्लाण्टको योजना स्थगित भएको जनाएको छ ।

 

महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बिहिवार एक  विज्ञप्ति जारी गर्दै महानगर अक्सिजन प्लान्ट जडानको योजनाबाट पछाडि हटेको जानकारी दिनु भएको हो । 

 


कोरोना भाइरसको दोश्रो भेरियन्ट सहितको संक्रमण निकै पीडादायी भएको र अक्सिजनको अभावमा ज्यान गइरहेको बेलामा महानगरले अक्सिजन प्लान्ट जडानको योजना अगाडि सारेको थियो ।

 

दाताहरुको सहयोग र महानगरपालिकाको पनि लगानीमा अक्सिजन प्लाण्ट स्थापना गर्ने योजना सहितको कार्यक्रम अगाडि बढाउदा सामाजिक संजाल र संचार माध्यममा भएका टिप्पणी प्रति महानगरले आफनो ध्यानाकर्षण भएको जनाएको छ । 


 नेपाल सरकारले पनि अक्सिजन प्लाण्ट निर्माणका लागि नारायणी अस्पताललाई आर्थिक अनुदान उपलब्ध गराईदिएको जानकारी हुन आएको र महानगरपालिकाले अक्सिजन प्लाण्ट स्थापनाका लागि खर्च गर्न नपर्ने भएपछि योजना स्थगित गरिएको जारी बिज्ञप्तिमा उल्लेख छ  ।

 

महानगरपालिकाले अक्सिजन प्लाण्ट जडान स्थगित भएपछि यसका लागि सार्वजनिक अपिल मार्फत दाताहरुले उपलब्ध गराएको सहयोग रकम उनीहरुको सहमतीमा कोभिड–१९ नियन्त्रणको अन्य काममा खर्च गरिने समेत जनाएको छ ।

 

अक्सिजन प्लाण्ट स्थगित गरेपनि नारायणी अस्पतालमा विद्युत सेवालाई प्रभावकारी बनाउनका लागि ३०० केभिएको ट्रान्सफमर तथा २० केभिएको युपिएस जडान कार्य भने अगाडी बढाईने महानगर प्रमुख सरावगीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।

 

पर्सा क्षेत्र नम्बर २ का संघीय संसद विमल श्रीवास्तवको संसदीय कोषबाट खर्च हुनेगरी १ करोड ४८ लाखको बोलपत्र स्वीकृत भईसकेको तर ठेकेदारले हालसम्म पनि अक्सिजन प्लाण्ट आपूर्तिमा ढिलाई गरेकोले महानगरपालिकाले १५ दिनमा अक्सिजन प्लाण्ट लगाउने गरी योजना अगाडी बढाएको अवस्थामा अक्सिजन प्लाण्टको लागि नेपाल सरकारले नारायणी अस्पताललाई रकम निकासा गरेको हुँदा अस्पताल प्रशासनलाई तत्काल प्लाण्ट जडान गर्न माग समेत गर्नुभएको छ ।

 

वीरगन्ज महानगरपालिकाको तर्फबाट यसअघि एउटा भेण्टिलेटर उपलब्ध गराएको र केही दिनमै फेरी थप ३ वटा भेण्टिलेटर नारायणी अस्पतालमा उपलब्ध गराउने समेत महानगर प्रमुख सरावगीले जानकारी दिनुभयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.