logo

नेपाल सरकारले निजी अस्पतालका लागि तोकेको मापदण्ड भन्दा कम  शुल्क लिएको प्रभू अस्पतालको प्रष्टोक्ति

      5/20/2021 गते 00 00 मा प्रकाशित     779   पटक पढिएको

प्रभू अस्पताल बीरगंजले एक बिज्ञप्ति जारी गर्दै अस्पतालका बारेमा सामाजिक संजाल र संचार माध्यममा आएका टिप्पणी प्रति आफनो ध्यानाकर्षण भएको जनाएको छ । 

 

प्रभू अस्पतालले बिरामीसंग बढी शुल्क लिएको भन्दै आएका टिप्पणी प्रति आफनो ध्यानाकर्षण भएको जनाउदै अस्पतालले  कोरोना संक्रमितहरुको उपचारको लागि स्वास्थ्य मन्त्रालयले  निजी अस्पतालहरुलाई दिइएको मापदण्डभित्र रहेर मात्रै शुल्क लिएको स्पष्ट पार्दछौ भनेको । 

 

अस्पतालले दोश्रो भेरियन्टको आक्रमक लहरका कारण भयावह अवस्था रहेको बेलामा  ज्यानलाई जोखिममा राखेर कोरोना संक्रमीत बिरामीको उपचार शुरु गरेको जनाएको छ । यो अवस्थामा सेवा भावका कारण उपचार सेवा संचालन गरिएको र अस्पतालको मूल्य र मान्यता पनि त्यही रहेको अस्पतालले जनाएको छ । 

 

यस्तो महामारीमा घर परिवारबाट टाढा बसेर बिरामीको ज्यान जोगाउन खटिनुहुने चिकित्सक र कर्मचारीहरुको योगदान र क्रियाशिलताको अस्पतालले सम्मान गर्दछ । यो अवस्थामा कोभिड संक्रमीतको उपचारमा अटिदा उहाँहरुको मनोवल बढाउन अस्पतालको तर्फबाट २ देखी ३ सय प्रतिशत सम्म सेवा सुविधा बृद्धि गरिएको छ ।

 

 २ छक खाना २ छाक खाजा  उहाँहरु आफै संक्रमीत भएमा निशुल्क उपचारको ब्यवस्था मिलाइएको र त्यसैको  प्रतिफल कोभिड संक्रमीत बिरामीले  प्रभू अस्पतालमा गुणस्तरीय सेवा पाएको अस्पतालले जनाएको छ । 


कोरोना विरामीहरूको उपचार गर्दागर्दै कतिपय हाम्रा चिकित्सक तथा कर्मचारीहरू आफै संक्रमित हुनपुग्नु भएको छ । अक्सिजन सिलिन्डर पुर्याउदाँ पुर्याउदै एकजना कर्मचारीको हात फ्याकचर भएको छ भने, दुईरदुई जना कर्मचारीहरू घाईते हुनु भएको छ ।

 

महामारीले औषधी मात्रै नभई अस्पतालका लागि चाहिने हरेक समानको भाउ अकासिएको छ । यी र यस्तै अतिरिक्त खर्च बढेकाले समान्य अवस्था भन्दा कोरोना महामारीमा निजी अस्पतालको उपचार महंगो हुन गएको सत्य सबैका सामु छ  । अस्पतालले  नेपाल सरकारले निजी अस्पतालका लागि तोकेको मापदण्ड भन्दा कम नै शुल्क लिएको लिएको समेत प्रष्ट पारेको छ  । 
 
सर्लाही घर भएकी ६५ वर्षिय उर्मिला देवीको सन्दर्भमा भने वहाँ वैशाख २७ गते भर्ना हुनुभएको थियोे । अस्पतालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

 

विभिन्न चेकअप गराउदाँ वहाँमा कोरोना भाइरसले इन्फेक्सन गरेकाले वहाँको ज्यान जोगाउन हाम्रा चिकित्सकहरूले हदैसम्म प्रयास गर्नुभयो र त्यो सफल पनि भयो । यो कुरा स्वयम् वहाँका परिवारजनलाई सर्वविदितै छ । जटिल अवस्थामा आउनुभएको वहाँलाई  हाई फ्लो डबल अक्सिजन दिएर उपचार गरिएको हो ।

 

जोखिम मोलेर वहाँको छातिभित्रको कफ निकाल्न विहान वेलुका नर्स र चिकित्सक लाग्नु भएको थियोे ।फोक्सो मै भाइरसले आक्रमण गरेकाले जटिल अवस्थामा पुग्नुभएको वहाँ प्रभु अस्पतालका चिकित्सक कर्मचारीको  प्रयासले स्वास्थ्य हुनु भई जेष्ठ ४ गते डिस्चार्ज भईसक्नु भएको बिज्ञिप्तिमा उल्लेख छ । 


वहाँ उपचाररत रहदाँ शुल्क लगायत विषयमा अस्पताल प्रशासन समक्ष कुनै गुनासो आएको छैन् तर डिस्चार्ज भएपछि यस विषयमा टिका टिप्पणी आएकामा अस्पतालर्ला आश्चर्य लागेको बिज्ञप्तिमा उल्लेख छ ।  


प्राविधिक त्रुटीले कम्पयुटर विलिङ्गमा बिप्याप द्वारा अक्सिजन तथा डबल हाइ फ्लो आक्सिजन शुल्क हुनुपर्नेमा अक्सिजन मात्रै हुन गएकाले सोहीलाई अधार बनाएर टिकाटिप्पणी गर्नु उचित नभएको अस्पतालको बनाई छ। 
महामारीमा प्रभु अस्पतालले स्वास्थ्य मन्त्रालयले तोकेको भन्दा कोहिसंग पनि बढी शुल्क नलिएको पुनः सबैमा निवेदन गर्दछौँ ।

 

विरामीको उपचार नै सर्वोपरी भएकाले विरामीको ज्यान जोगाउन  प्रभु हस्पिटल कुनै कसर बाँकी नराख्ने हुदाँ भम्रमा नपर्न सर्वसाधारणमा निवेदन गर्न चाहन्छौँ अस्पतालले जारी गरेको बिज्ञप्तिमा लेखिएको छ  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.