logo

नागरिकता सम्बन्धी बिवाद र बिभेदको अन्त्य , मधेशमा खुशीयाली सरकारलाई धन्यवाद

      5/23/2021 गते 00 00 मा प्रकाशित     800   पटक पढिएको

मंत्रीपरिषदको सिफारिशमा राष्ट्रपतीले नागरिकता अध्यादेश २०७८ जारी गरेपछि तराई मधेशमा त्यसको स्वागत गरिएको छ । सामाजिक संजाल मार्फत अध्यादेशको स्वागत गनुृका साथै बिगत ६ वर्ष देखि नागरिकताका बिषयमा रहेको बिवाद र बिभेदको अन्त्य भएको निर्षष निकालिएको छ । प्रधानमंत्री के.पी.ओलीको घनघोर आलोचक रहेकाहरुले पनि यो निर्णयको स्वागत गर्दै ओली सरकारलाई धन्यवाद दिएका छन । 

 

जसपाका महन्थ ठाकुरलाई पनि यो उपलब्धीको लागि श्रेय दिइएको छ । ठाकुरको चट्टानी अडानले यो सम्भव भएको भन्दै अध्यायदेशको स्वागत गरिएको छ । 

 

नागरिकता समस्या सम्बोधन भएको भन्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजिव कुमार झाले दिप प्रज्वलन गर्न तराई मधेसका युवाहरुसँग अपिल गर्नु भएको छ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता समबन्धी अध्यादेश जारी गरेलगत्तै उनले यस्तो अपिल गरेका हुन् । उनले भनेका छन्, ‘बर्षौदेखि रहेको तराई मधेसको नागरिकता सम्बन्धि मुल समस्या सम्माननीय प्रधानमन्त्रीबाट अध्यादेश मार्फत सम्बोधन गरिएको छ । त्यसैले घर घरमा दिप प्रज्वलन गरी उहाँलाई धन्यवाद दिन अपिल गर्दछु ।’ भन्नु भएको छ । 

 

जसपा बीरगंज महानगर कमिटीका अध्यक्ष ओम प्रकाश सर्राफले महन्थ ठाकुर र राजेन्द्र महतो यि महापुरुषलाई इतिहासमा सदैव सम्झना गरिने छ । अनेकौ बिरोध र बाधा अडचनका बाबजुद उहाँहरुले लिनु भएको अडानले नेपाली युवा  युवतीले नागरिकता पाउने मार्ग प्रशस्त भएको उल्लेख गनुृ भएको छ । 

पत्रकार महेश दासले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी अध्यादेश जारी भएको भन्दै  प्रधानमन्त्री के पी ओली ई विशेष धन्यवाद दिनु भएको छ । 


जन्मसिद्ध नागरिकका सन्तानले अब वंशज नागरिकता पाउने छन्। साथै आमाको नामबाट मात्र नागरिकता लिन चाहने सन्तान ले पनि वंशज को नागरिकता पाउने उल्लेख गर्नु भएको छ।

जनकपुरका पत्रकार शैलेन्द्र क्रान्तिले आलोचनात्मक रुपमा भएपनि अध्यादेशको स्वागत गनुृ भएको छ । उहाँले आफनो फेसबुक पेजमा आफ्नो कुर्सी बचाउन, महतो र ठाकुर फकाउन अध्यादेश मार्फत नै भएपनि जन्मसिद्ध नागरिकका सन्तान र आमाको नामबाट नागरिकता दिने यो कामचालाउ सरकारको निर्णय स्वागत योग्य छ ।

 

तर, यसको नाममा गैर नेपालीले नागरिकता नलिउन् भन्ने तर्फ पनि सचेत हुनु आवश्यक छ । र यति स्मरण रहोस् यो दिर्घकालिन अधिकार होइन । काम चलाउ सरकार जस्तै काम चलाउ अध्यादेश हो । जुन बेला पनि खारेज हुन सक्छ । भनेर लेख्नु भएको छ ।

पत्रकार प्रकाश तिमिल्सीनाले सामाजिक संजाल मार्फत बधाई ज्ञापन गर्नु भएको छ । उहाँले  बाबुआमाको नागरिकता (जन्मसिद्ध) हुने तर उनका सन्तान भने नागरिकताविहिन हुने झन्डै ६ बर्षसम्म रहेको बिभेदकारी व्यवस्थालाई नागरिकता सबन्धी अध्यादेशले आज सम्बोधन गरेको छ।


जसका कारण लोकसेवा लडन, बिदेश पढन जान, सरकारी सेवामा प्रवेश गर्न र सुबिधा लिन पाउनु पर्ने अवसर र व्यापार व्यासाय गर्न रोकिएको थियो। भनेर लेख्नु भएको छ । 

सिराहका पत्रकार देवकुमार यादवले बाँदरको हातमा नरिवल  नागरिकता अध्यादेश भन्दै सरकारी निणयको आलोचना गर्नु भएको छ । नेकपा एमालेका युवा नेता इन्जिनियर मोविन आलमले आज मधेसीहरु खुसी हुदा, केही समुहलाई दुखी भएको देखिरहेको छु? यस्तोलाई के भन्ने होला भन्दै उहाँले 

नागरिकता बिहिनलाई नागरिकता दिनकालागि अध्ययादेश ल्याएकोमा ओली सरकारलाई धन्यज.वाद दिनु भएको छ । अध्यादेश आइसकेपछि  तराई मधेशमा त्यसको श्रेय लिने होडवाजी समेत देखिएको छ । संविधानको धारा ११ को उपधारा (३) मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ।

यसअघि २०७५ साउन २२ मा सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.