logo

नागरिकता सम्बन्धी बिवाद र बिभेदको अन्त्य , मधेशमा खुशीयाली सरकारलाई धन्यवाद

      5/23/2021 गते 00 00 मा प्रकाशित     907   पटक पढिएको

मंत्रीपरिषदको सिफारिशमा राष्ट्रपतीले नागरिकता अध्यादेश २०७८ जारी गरेपछि तराई मधेशमा त्यसको स्वागत गरिएको छ । सामाजिक संजाल मार्फत अध्यादेशको स्वागत गनुृका साथै बिगत ६ वर्ष देखि नागरिकताका बिषयमा रहेको बिवाद र बिभेदको अन्त्य भएको निर्षष निकालिएको छ । प्रधानमंत्री के.पी.ओलीको घनघोर आलोचक रहेकाहरुले पनि यो निर्णयको स्वागत गर्दै ओली सरकारलाई धन्यवाद दिएका छन । 

 

जसपाका महन्थ ठाकुरलाई पनि यो उपलब्धीको लागि श्रेय दिइएको छ । ठाकुरको चट्टानी अडानले यो सम्भव भएको भन्दै अध्यायदेशको स्वागत गरिएको छ । 

 

नागरिकता समस्या सम्बोधन भएको भन्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजिव कुमार झाले दिप प्रज्वलन गर्न तराई मधेसका युवाहरुसँग अपिल गर्नु भएको छ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता समबन्धी अध्यादेश जारी गरेलगत्तै उनले यस्तो अपिल गरेका हुन् । उनले भनेका छन्, ‘बर्षौदेखि रहेको तराई मधेसको नागरिकता सम्बन्धि मुल समस्या सम्माननीय प्रधानमन्त्रीबाट अध्यादेश मार्फत सम्बोधन गरिएको छ । त्यसैले घर घरमा दिप प्रज्वलन गरी उहाँलाई धन्यवाद दिन अपिल गर्दछु ।’ भन्नु भएको छ । 

 

जसपा बीरगंज महानगर कमिटीका अध्यक्ष ओम प्रकाश सर्राफले महन्थ ठाकुर र राजेन्द्र महतो यि महापुरुषलाई इतिहासमा सदैव सम्झना गरिने छ । अनेकौ बिरोध र बाधा अडचनका बाबजुद उहाँहरुले लिनु भएको अडानले नेपाली युवा  युवतीले नागरिकता पाउने मार्ग प्रशस्त भएको उल्लेख गनुृ भएको छ । 

पत्रकार महेश दासले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी अध्यादेश जारी भएको भन्दै  प्रधानमन्त्री के पी ओली ई विशेष धन्यवाद दिनु भएको छ । 


जन्मसिद्ध नागरिकका सन्तानले अब वंशज नागरिकता पाउने छन्। साथै आमाको नामबाट मात्र नागरिकता लिन चाहने सन्तान ले पनि वंशज को नागरिकता पाउने उल्लेख गर्नु भएको छ।

जनकपुरका पत्रकार शैलेन्द्र क्रान्तिले आलोचनात्मक रुपमा भएपनि अध्यादेशको स्वागत गनुृ भएको छ । उहाँले आफनो फेसबुक पेजमा आफ्नो कुर्सी बचाउन, महतो र ठाकुर फकाउन अध्यादेश मार्फत नै भएपनि जन्मसिद्ध नागरिकका सन्तान र आमाको नामबाट नागरिकता दिने यो कामचालाउ सरकारको निर्णय स्वागत योग्य छ ।

 

तर, यसको नाममा गैर नेपालीले नागरिकता नलिउन् भन्ने तर्फ पनि सचेत हुनु आवश्यक छ । र यति स्मरण रहोस् यो दिर्घकालिन अधिकार होइन । काम चलाउ सरकार जस्तै काम चलाउ अध्यादेश हो । जुन बेला पनि खारेज हुन सक्छ । भनेर लेख्नु भएको छ ।

पत्रकार प्रकाश तिमिल्सीनाले सामाजिक संजाल मार्फत बधाई ज्ञापन गर्नु भएको छ । उहाँले  बाबुआमाको नागरिकता (जन्मसिद्ध) हुने तर उनका सन्तान भने नागरिकताविहिन हुने झन्डै ६ बर्षसम्म रहेको बिभेदकारी व्यवस्थालाई नागरिकता सबन्धी अध्यादेशले आज सम्बोधन गरेको छ।


जसका कारण लोकसेवा लडन, बिदेश पढन जान, सरकारी सेवामा प्रवेश गर्न र सुबिधा लिन पाउनु पर्ने अवसर र व्यापार व्यासाय गर्न रोकिएको थियो। भनेर लेख्नु भएको छ । 

सिराहका पत्रकार देवकुमार यादवले बाँदरको हातमा नरिवल  नागरिकता अध्यादेश भन्दै सरकारी निणयको आलोचना गर्नु भएको छ । नेकपा एमालेका युवा नेता इन्जिनियर मोविन आलमले आज मधेसीहरु खुसी हुदा, केही समुहलाई दुखी भएको देखिरहेको छु? यस्तोलाई के भन्ने होला भन्दै उहाँले 

नागरिकता बिहिनलाई नागरिकता दिनकालागि अध्ययादेश ल्याएकोमा ओली सरकारलाई धन्यज.वाद दिनु भएको छ । अध्यादेश आइसकेपछि  तराई मधेशमा त्यसको श्रेय लिने होडवाजी समेत देखिएको छ । संविधानको धारा ११ को उपधारा (३) मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ।

यसअघि २०७५ साउन २२ मा सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.