logo

पत्रकारकालागि गुणस्तरहिन स्वास्थ्य समाग्री बाड्दै प्रदेश सरकार, आलोचना पछि टोली निजगढबाट फर्कियो

      5/27/2021 गते 00 00 मा प्रकाशित     807   पटक पढिएको

पत्रकारहरुलाई स्वास्थ्य समाग्री बाडदै हिडेको प्रदेश २ को मिडिया काउन्सिल र आम संचार प्राधिकरणको टोली निजगढबाट जनकपुर फर्किएको छ ।

 

काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई र प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव सहितको टोली पत्रकारहरुलाई स्वास्थ्य समाग्री बितरण गर्दै सप्तरी देखी पर्सा आउदै थियो तर टोली बाराको निजगढबाट फर्किएको छ । 


नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जाराले स्वास्थ्य समाग्रीमा गुणस्तरहिन स्यानीटाईजर परेको र त्यसको बिषयमा कुरा उठेपछि टोली निजगढबाट फर्किएको बताउनु भयो । 


प्रदेश सरकारको सहयोगमा प्रदेश भरिका पत्रकारहरुकालागि काउन्सिल र प्राधिकरणले स्वास्थ्य समाग्री बितरण गर्दै हिडेका थिए । 


टोलीले एकजना पत्रकारका लागि एक पोका सर्जिकल मास्क, १० थान, केएन ९५ मास्क, दुईवटा फेस शिल्ड, दुईवटा ह्याण्ड ग्लोब्स्, १०० एमएल दरका दुई बोतल सेनिटाईजर उपलब्ध गराएको छ । त्यस्तै एकथान ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर, अक्शिजन लेबल नाप्ने अक्शोमिटर पनि  एकथान उपलब्ध गराएको नेपाल पत्रकार महासंघ सलाृही शाखाका अध्यक्ष टंक क्षेत्रीले बताउनु भयो । 


प्रदेश सरकारको आन्तरिक मामिला मंत्रालयले खरिद गरेको भनिएको स्वास्थ्य समाग्रीमा गुणस्तरहिन समान र कमिशनको खेल रहेको भन्दै ब्यापक आलोचना भइरहेको छ ।

 

मंत्रालय स्रोतले भने काउन्सिल र प्राधिरकणले सामाग्री खरिद गरेको दावी गरेको छ । स्वास्थ्य समाग्रीमा रहेको स्यानीटाइजर रिप्याक्ड आरसीपी इन्डस्ट्रिज पर्सा नेपाल लेखिएको छ । तर पर्सामा यो उधोग नै छैन । संघ सरकारको स्वास्थ्य मंत्रालयले जारी गरेको कम्पनीको नामावलीमा पनि यो कम्पनीको नाम छैन ।

 

ललितपुरमा केही दिन अघि छापामारी गरि नक्कली स्यानीटाइजर यही कम्पनीको थियो । उत्पादन भएको ठाउँको वास्तविक ठेगाना नभएको र गुणस्तरहिन स्यानीटाइजर किन खरिद गरियो भन्दै प्रदेश भरिका संचारकर्मीले प्रश्न उठाएका छन ।

 

यसैवीच काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई र प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले एक बिज्ञप्ति जारी गरि स्यानीटाइजरको आपूर्तीकर्ता र स्यानीटाइजरका बारेमा छानविन गर्ने जनाएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.