श्रमिकको न्यूनतम पारिश्रमिक मासिक ३० हजार ४ सय ३३ तोक्न माँग
इसीमाना सम्वाददाता
२०८२ असार २४ गते ०६: ३१ मा प्रकाशित
383 पटक पढिएको
काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले श्रमिकको न्यूनतम पारिश्रमिक ३० हजार ४ सय ४३ मासिक तोक्नुपर्ने माग राखेको छ ।
काठमाण्डौमा आयोजीत पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष जगतबहादुर सिम्खडाले न्यूनतम पारिश्रमिकमा अविलम्ब पुनरावलोकन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको पूर्ण कार्यान्वयन माँग गरे ।
उनले श्रमसम्बन्धी कानुनको संशोधनलगायतका विषयमा सरकार, रोजगारदाता र सरोकार भएकाहरूको ध्यानाकर्ष समेत गराए ।
माग सम्बोधन नभए यही असार २६ गतेदेखि संयुक्त आन्दोलनमा जाने उहाँको भनाइ थियो । अहिलेको बजार मूल्य र परिवारको न्यूनतम जीवन निर्वाहकोलागि ४ जनाको परिवारलाई मासिक ३० देखी ३५ हजार रुयैया चाहिने भन्दै सिम्खडाले बैज्ञानिक तथा ब्यवहारिक आधारमा पनि न्यूनतम पारिश्रमिक मासिक रु ३० हजार ४४३ तोकिनु बताए ।
अध्यक्ष सिम्खडाले पारिश्रमिक निर्धारणका लागि त्रिपक्षीय वार्तामा श्रमिकका प्रस्तावलाई गम्भीर रूपमा ग्रहण गर्न सरकारसँग आग्रह गरे । सरकारले प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने संवैधानिक दायित्व छ ।
पछिल्लो पटक सरकारले विसं २०८० मा १७ हजार ३०० मासिक पारिश्रमिक तोकेको थियो । पछिल्ला दुई वर्षमा मुद्रास्फीति, उपभोग्य वस्तुको मूल्यवृद्धि, आवास तथा स्वास्थ्य सेवाको खर्च बढेसँगै श्रमिकको जीवनस्तर प्रभावित भएको केन्द्रले जनाएको हो ।
केन्द्रले श्रमसम्बन्धी ऐन नियममा समयसापेक्ष सुधार र संशोधन गरी प्रभावकारी रूपमा कार्यान्वयनलगायत १५ बुँदे माग राखेको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।
वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।
ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
तपाईको प्रतिक्रिया