इसीमाना सम्बाददाता
२०८२ सावन ३ गते ०२: १८ मा प्रकाशित
697 पटक पढिएको
राजविराज । अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ टेङ्गरीमा शनिवार करेन्ट लागेर एक बृद्ध महिलाको ज्यान गएको छ ।
स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जनाकारी दिए ।
उनका अनुसार खेतमा विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा करेन्ट लागेको हो । उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।
राजविराज–कञ्चनपुर हुलाकी सडकखण्डअन्तर्गत अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित बनौलीमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
स्थानीय बौवालाल साहको छोरा अन्दाजी वर्ष १९ को अरबिन्द साह झुण्डिएको अवस्थामा मृत फेला परेको स्थानीय रामशेवक मण्डलले जनाकारी दिए ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
बीरगंज । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।
सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया