logo

नेपाल पत्रकार ममहासंघ मधेश प्रदेश समितिलाई जग्गा प्राप्त, भब्य कार्यालय निर्माण हुने

 इसीमाना सम्बाददाता     २०८२ सावन ४ गते ०३: २० मा प्रकाशित     1085   पटक पढिएको

वीरगञ्ज । नेपाल पत्रकार महासंघ, मधेश प्रदेश शाखाले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गुठीको ४ कठ्ठा जग्गा आफ्नो भवन निर्माणका लागि प्राप्त गरेको छ। यो उपलब्धि पत्रकार महासंघका लागि एउटा महत्वपूर्ण  मानिएको छ।

 


गुठी संस्थाले कानुनी प्रक्रियाअनुसार आह्वान गरेको बोलपत्रमा महासंघको प्राविधिक र आर्थिक प्रस्ताव स्वीकृत भएपछि यो जग्गा प्राप्त भएको हो।

 

 गुठी संस्थान जनकपुरअन्तर्गत रहेको श्री राम मन्दिर गुठीको उक्त जग्गा महासंघलाई लिजमा उपलब्ध गराउने निर्णय केन्द्रीय गुठी संस्थानले गरेको छ।

 

जग्गा प्राप्ति पछि अध्यक्ष बन्जाराले सामाजिक संजाल मार्फत नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सहयोग, सुझाव र पत्राचार अमूल्य रहेको जनाएका  छन। 

 

जग्गा प्राप्त भएपछि अब भव्य भवन निर्माण प्रक्रिया अघि बढ्ने महासंघका अध्यक्ष श्याम प्रसाद बञ्जाराले जानकारी दिए।

 

 उनका अनुसार, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवले भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्।

 

अध्यक्ष बञ्जाराले यो उपलब्धि कठिन परिश्रम र निरन्तर प्रयासको प्रतिफल भएको बताउँदै यसमा योगदान पु¥याउने केन्द्रीय समिति, विभिन्न नेताहरू, पत्रकार र शुभचिन्तकहरूलाई आभार व्यक्त गरे।

 

उनले जग्गा प्राप्तिको क्रममा केही आन्तरिक विरोध र आलोचना भए पनि त्यसले आफूहरूलाई थप दृढ बनाएको र सफलताको शिखरमा पुग्न प्रेरित गरेको उल्लेख गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.