logo

वीरगन्जलाई प्राथामिकतामा राखेर १ लाख डोज खोप दिन नगर प्रमुखको माग 

      6/2/2021 गते 00 00 मा प्रकाशित     838   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कोरोना भाईरस संक्रमण (कोभिड–१९) विरुद्धको खोपका लागि वीरगन्जलाई प्राथामिकतामा राख्न माग गर्नुभएको छ ।

 

कोभिड संक्रमणले लाखौं नागरिक संक्रमित र हजारौं संख्यामा मृत्यु भईरहेको अवस्थामा जीवन जोखिममा रहेका नागरिकहरुलाई बचाउन सक्ने एक मात्रै उपाय खोप रहेकोले नेपालकै प्रमुख प्रवेशद्वार वीरगन्ज संक्रमणको उच्च जोखिममा रहेकोले खोप वितरणमा प्रथामिकतामा राख्न महानगर प्रमुख सरावगीले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै माग गर्नुभएको हो ।


 संघीय सरकारले खोप खरिदलाई उच्च प्राथामिकतामा राखेकोमा धन्यवाद दिदै महानगर प्रमुख सरावगीले यसअघि महानगरपालिका  बाटै खोप खरिदको लागि अनुमति माग गरिएकोमा खोप खरिदको जिम्मेवारी संघीय सरकारलाई मात्रै भएको मन्त्रालयबाट विभिन्न संचार माध्यमहरु मार्फत स्पष्ट पारेको जानकारी भएको र सरकारसँग उपलब्ध खोप वितरणमा वीरगन्ज क्षेत्रलाई प्रथामिकतामा राख्न माग गरेका हुन् । 


    वीरगन्ज देशकै प्रमुख स्थल भन्सार नाका र औद्योगिक तथा व्यापारिक नगरको दृष्टिकोणले पनि बढी जोखिममा  रहेकोेले वीरगन्जलाई प्राथामिकता दिन महानगर प्रमुख सरावगीले मांग गर्नुभएको हो ।


 वीरगन्ज पथलैया औद्योगिक करिडोरमा सयौं उद्योग प्रतिष्ठानहरु संचालनमा रहेको र ती उद्योग प्रतिष्ठानहरुमा काम गर्ने श्रमिकको संख्या पनि करिब एकलाखको हाराहारीमा रहेको हुँदा यस्तो विषम परिस्थितिमा वीरगन्ज भन्सार नाकाबाट हुने ढुवानी सेवामा संलग्न चालक, सहचालक, भन्सारमा कार्यरत कर्मचारीसहित श्रमिक र सेवा प्रदायक संस्थाका प्रतिनिधिहरु, उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकहरुलाई पहिलो प्रथामिकतामा राखेर खोप लगाउनु पर्ने देखिएकोले यसलाई गम्भीर रुपमा लिन पनि महानगर प्रमुख सरावगीले अनुरोध गर्नुभएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.