logo

वीरगंज पथलैया औद्योगिक करीडोरमा कार्यरत १ लाख २५ हजार  मजदुरलाई  खोप उपलब्ध गराउन  मांग 

      6/8/2021 गते 00 00 मा प्रकाशित     862   पटक पढिएको

 
 वीरगंज उद्योग वाणिज्य सङ्घले वीरगंज पथलैया औद्योगिक करीडोरमा कार्यरत १ लाख २५ हजार भन्दा बढी मजदुर कर्मचारीहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकार सँग माग गरेको छ ।

 


सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मुलुकका सामु कोभिडले गर्दा विद्यमान असहज परिस्थितिमा निजी क्षेत्रले राष्ट्रिय आकाक्षा र आवश्यकताको परिपूर्तिका लागि जोखिम र चुनौतीका बीच काम गरिरहेको जनाएको  छ । 


संघका अध्यक्ष सुवोध गुप्ताले जारी गर्नु भएको बिज्ञप्तिमा उद्योग प्रतिष्ठान सञ्चालन गरेर आधारभूत आवश्यकताको परिपूर्ति गरी रहेका उद्योग प्रतिष्ठानलाई कोरोना संक्रमण मुक्त बनाउने अभियान चलाउनुपर्ने माग गरिएको छ ।


सङ्घले नेपालको प्रमुख औद्योगिक कोरिडोर वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा अवस्थित साना, मझौला र ठुला गरी झण्डै १ हजार उद्योग प्रतिष्ठान रहेको र त्यहाँ एक लाख २५ हजार भन्दा बढी मजदुर कर्मचारी कार्यरत रहेको जनाएको छ ।   उनीहरूलाई कोरोना सङ्क्रमणबाट जोगाउन तत्काल कोरोना विरुद्धको खोप आवश्यक रहेको संघको ठहर छ ।


विज्ञप्तिमा वीरगञ्ज र यस क्षेत्रमा अवस्थित उद्योग प्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारी र निजी क्षेत्रलाई तेस्रो भेरियन्ट आउनु पूर्व नै कोभिड खोप लगाउन अपरिहार्य भएको कुरा उल्लेख गरिएको छ ।


कोभिड–१९ को तेस्रो भेरियन्ट सङ्घारमै आई पुगेको सङ्केत वरिष्ठ चिकित्सक र जनस्वास्थ्य विज्ञहरूले उद्घोष गरी रहेको र यसको प्रभाव पछिल्ला भेरियन्ट भन्दा झन् बढी हुने भन्ने आकलन भई रहेका प्रसङ्गहरूलाई गम्भीरता पूर्वक आत्मसात् गरी उद्योग, व्यापार, व्यवसाय क्षेत्रका उत्पादन, वितरणमा काम गर्नेहरू तथा उद्योग व्यवसाय सञ्चालकहरू समेतलाई फ्रन्टलाइनमा काम गर्ने सरह नै प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनु पर्ने तर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत गराउँछौ विज्ञप्तिमा भनिएको  छ ।


वीरगंज उद्योग वाणिज्य सङ्घले यसअघि स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, नेपाल उद्योग वाणिज्य महासङ्घ र बीरगंज महानगरपालिकालाई छुट्टा छुट्टै पत्र लेखी खोप उपलब्ध गराउन माग समेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.