logo

जनकपुर घटनामा मानव अधिकार आयाेग सहित विभिन्न संस्थाकाे चासाे

 ईसिमाना     २०८२ सावन २८ गते ०२: ५७ मा प्रकाशित     386   पटक पढिएको

जनकपुरधाम । जनकपुरधाम वडा नम्बर ४ स्थित स्वर्गद्वारी नजिकको जग्गा गुठी संस्थान केन्द्रीय कार्यालयसँग भएको सम्झौता अनुसार प्राप्त गरेपछि सोही जग्गाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन पश्चात् जग्गामा तारको घेरा हाल्दाखेरि नेपाल बार एसोसन जनकपुरका केही पदाधिकारीहरू र अधिवक्ताहरूको एक समूहले पत्रकारहरुलाई घेरा हाली गरेको सांघातिक आक्रमणबारे आवश्यक तथ्य बुझ्न राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले अनुसन्धान सुरु गरेको छ।   

 

 राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका कार्यालयबाट मानव अधिकार अधिकृत द्वय किरण घिमिरे र राहुल कुमार ठाकुर तथा आयोगको सूचना तथा प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झा सहितको टोली नेपाल पत्रकार महासंघ मधेस प्रदेशको कार्यालयमा आएर सो घटना बारेमा विस्तृत जानकारी लिएका छन् ।

 

यस बाहेक आयोगका कर्मचारीहरूको टोली अन्य घाइते तथा सम्बन्धित व्यक्तिहरूसँग समेत आवश्यक जानकारी लिएको बुझिएको छ नेपाल वार एसोसिएसन जनकपुरधामका अधिवक्ता वकिलहरूको कुटाईबाट को , को घाइते भएका र उनीहरूको अवस्था हाल कस्तो रहेको बारेमा जानकारी लिए ।

 

 वकिलहरूको आक्रमणबाट नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिल कुमार निरालाको आँखा सुनिएको र पत्रकार दिवाकर राईको टाउकोमा गम्भीर चोट लागेको सहितका घटनाका बारेमा महासंघका मधेस प्रदेश कार्यालयले विस्तृत जानकारी दिएका थिए।

 

त्यसैगरी पत्रकार महिला र नेपाल पत्रकार महासंघ मधेेश प्रदेशका उपाध्यक्ष ज्योति झा र अर्का पत्रकार बिनीता यादवसँग लैङ्गिक संवेदनशीलतासमेतलाई ख्याल नगरी आपत्तिजनक स्थानहरूमा हातपात गर्दै दुर्व्यवहार गरेको जानकारी समेत उनीहरूलाई नेपाल पत्रकार महासङ्घले दिएको छ।

 

 सो घटनाको सत्यतथ्य र छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गर्दै महासंघले नेपालमा संवैधानिक सर्वोच्चता र कानुनी राज्यको मर्यादालाई कायम गराउन र दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउनका लागि आयोगले आवश्यक सिफारिस गर्नुपर्ने बारेमा अनुरोध समेत गरेका थिए।

 

 

 सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम प्रसाद बन्जारा, सचिव हदिस खुददार र नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका अध्यक्ष पुरणगुप्ता सहितका पत्रकारहरूको सहभागिता रहेको थियो।

 

 

आयोगका कर्मचारीहरूले आफूहरूले प्राप्त गरेको जानकारी र अन्य खोजबिन अनुसन्धानसमेत गरी तत्काल रिपोर्ट पेश गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। यसै बीच मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव सहितको टोली पनि नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको कार्यालयमा आएर हालसम्मका घटनाका बारेमा विस्तृत जानकारी लिएका छन् ।

 

 यसअघि समेतका कार्यवाहक अध्यक्ष सुरेश यादव, आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा र इन्सेक मधेस प्रदेश कार्यालयका प्रमुख राजु पासमान को टोली हिजै प्रादेशिक अस्पताल जनकपुरधाममा गएर घाइतेहरूसँग भेटघाट गरी घटनाका बारेमा आवश्यक जानकारी लिएका थिए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.