logo

पत्रकारमाथि वकीलको आक्रमण प्रकरणमा महासंघले बनायो मिशन टोली ,घटनाको सुक्ष्म अध्ययन गरिने

 इसीमाना सम्वाददाता     २०८२ सावन २८ गते ०६: ५२ मा प्रकाशित     1035   पटक पढिएको

काठमाण्डौ । नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष बिमल कुमार मिश्रको नेतृत्वमा रहेको वकीलहरुले पत्रकार माथि गरेको भौतीक आक्रमणको बिषयमा नेपाल पत्रकार महासंघ केन्द्य्रीय समितिले मिशन गठन गरेको छ ।

 

 नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले कार्यालय भवन निर्माणका लागि कानूनी प्रक्रिया पूरा गरी लिएको धनुषास्थित जनकपुरधामको जग्गा संरक्षणका लागि कार्य गरिरहेको बेला मिश्रको नेतृत्वमा आएका वकीलहरुले पत्रकारहरुमाथि आक्रमण गरेका थिए ।

 

नेपाल पत्रकार महासंघले प्रक्रिया पुरा गरी प्रप्त गरेको उक्त जग्गा कब्जा गर्ने प्रयास स्वरूप गरिएको हुलहुज्जत र पत्रकारमाथि भएको आक्रमणको अध्ययन गरी प्रतिवेदन पेस गर्न मिसन टोली गठन गरिएको नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जनाएका छन । 

 


यही साउन २७ गते भएको घटनाका सम्बन्धमा अध्ययन गर्न केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू राजेशकुमार कर्ण र राजु विश्वकर्मा सदस्य रहेको मिसन टोली गठन गरिएको महासचिव दाहालले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।

 


नेपाल पत्रकार महासंघको केन्द्रीय मिसनले सबै पक्षसंग छलफल र परामर्श गरि यथाशीघ्र प्रतिवेदन पेस गर्ने छ । सोही प्रतिवेदनका आधारमा महासंघले आवश्यक कदम चाल्नेछ ।


जग्गा संरक्षण गर्न घेराबार गरिरहेका बेला धनुषा जिल्ला बारका अध्यक्ष विमल मिश्र नेतृत्वको समुहले गरेको आक्रमणमा परि महासंघ प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर राय, विनिता यादव लगायत घाइते भएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.