logo

उद्योग, व्यापार र उद्यमशीलतामा महिलाको सहभागिता  देशको अर्थतन्त्रलाई सुदृढ बनाउने यात्रा होः पूर्व राष्ट्रपती भण्डारी

 इसीमाना सम्बाददाता     २०८२ भदौ १४ गते ०४: ३८ मा प्रकाशित     285   पटक पढिएको

वीरगन्ज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरु आत्मविश्वासी बनी समाजलाई सकारात्मक ढंगले चुनौती दिँदै परिवर्तनको नेतृत्व लिनुपर्नेमा जोड दिएकी छन् ।

 

वीरगन्ज उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको ‘बृहत महिला सम्मेलन–२०८२’ को उद्घाटन गर्दै उनले भनिन्, “वीरगन्ज जस्तो व्यापारिक केन्द्रमा महिलाले उद्योग, व्यापार र उद्यमशीलतामा अग्रणी भूमिका खेल्नु भनेको व्यक्तिगत सफलता मात्र नभई सिंगो देशको अर्थतन्त्रलाई सुदृढ बनाउने यात्रा हो । त्यसैले महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहन गर्नुपर्छ, ताकि आगामी पुस्तालाई प्रेरणा मिलोस् ।”

 

उनले अझै पनि समाजमा विद्यमान लैंगिक असमानता, पूर्वाग्रह र अवरोधहरुलाई तोड्न महिलाहरु आफैं आत्मविश्वासी बन्नुपर्ने आवश्यकता औंल्याइन् । “महिलाको शक्ति, त्याग र समर्पणलाई संस्थागत रुपमा सम्मान गर्न सकियो भने मात्र दिगो विकास र समृद्ध नेपाल सम्भव हुन्छ,” भण्डारीले भनिन् ।

 

तराई–मधेशमा मिटरव्याजी साहुका अमानवीय गतिविधिका कारण ऋणीहरू गम्भीर समस्यामा परेको उल्लेख गर्दै उनले यसको समाधानका लागि सरकारले कडाइका साथ नियमन गर्नुपर्ने, उजुरी प्रक्रिया सहज बनाउनुपर्ने, ऋण–लेनदेन प्रक्रिया पारदर्शी बनाउनुपर्ने र विपन्न परिवारलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने बताइन्।

 


 बढ्दो व्यापार घाटालाई कम गर्न आयात प्रतिस्थापनमा जोड दिँदै उनले कृषिमा आधारित उद्योग, जडीबुटी तथा आयुर्वेदिक उत्पादन, साना तथा मझौला उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन आग्रह गरिन् ।

 

सम्मेलनमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले महिलाले अझै भोगिरहेका विभेद र चुनौतीलाई निर्मूल गर्न यो सम्मेलनले आशा र स्वर दिने विश्वास व्यक्त गरे । 

 

कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका २५ जना महिलालाई पूर्व राष्ट्रपति भण्डारीले दोसल्ला र सम्मानपत्रले सम्मान गरिन् ।

 

सम्मेलन वीरगन्ज उद्योग वाणिज्य संघको महिला उद्यमशीलता विकास समितिकी सभापति डा. लक्ष्मी गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.