logo

चीनीया राष्ट्रपती समक्ष लिपुलेक, कालापानी र लिम्पियाधुरा सम्बन्धी उठाएको कुरा रेकर्डेड छः प्रधानमन्त्री ओली

 इसीमाना सम्बाददाता     २०८२ भदौ २० गते ०१: ३८ मा प्रकाशित     316   पटक पढिएको

वीरगंज ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  चीनका राष्ट्रपति सी चिन फिङसँग लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा कुरा उठाएको बताएका छन्।

 

शुक्रबार सुरु भएको पार्टीको विधान महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै ओलीले राष्ट्रको हितलाई प्राथमिकता दिँदै चीन भ्रमणका क्रममा आफ्नो धारणा स्पष्ट रूपमा राखेको बताएका हुन्।

 

 दुई देशले व्यापारिक आदानप्रदान लिपुलेक पास हुदै गर्ने भन्ने कुरा नेपाललाई स्वीकार्य हुँदैन भन्ने कुरा प्रष्ट राखेको छु,” ओलीले भने, “यो कुरा रेकर्डेड छ, अडियोमा छ, भिडियोमा छ, नोट र टिपोटहरूमा छ।”

 

उनले भारत–चीनबीच भएको व्यापारिक सम्झौताले नेपालको सीमा चासो ओझेलमा पार्ने खतरा देखिएकाले चीनसँग प्रत्यक्ष कुरा गरेको स्पष्ट पारे।

 

 “तेस्रो देशलाई समावेश गरेर होइन, भारत र चीनबीच भएको सम्झौताका कारण चीनसँग आफ्ना सार्वभौमिकतासम्बन्धी कुरा राखेको हुँ,” ओलीले भने।

 

प्रधानमन्त्री ओलीका अनुसार चिनियाँ राष्ट्रपति सीले नेपालको सार्वभौमिकताको सम्मान गर्ने आश्वासन दिएका थिए।

 

 उनले भने, “चिनियाँ राष्ट्रपति सीले भन्नुभयो– यो विषय भारत र नेपालको हो, तपाईंहरूले वार्ताबाट समाधान गर्नुहुन्छ भन्नेमा हामी आशावादी छौं। चीन नेपालको सार्वभौमिकताप्रति पूर्ण सम्मान गर्छ।”

 

लिपुलेक, कालापानी र लिम्पियाधुराको भूभाग नेपालकै अविभाज्य अंग भएको पुनः दोहोर्याउँदै ओलीले एमाले सधैं भू–अखण्डता र सार्वभौमिकताको पक्षमा दृढ रहने स्पष्ट पारे।

 

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा पर्छ । २०१५ मा भारत–चीनबीच लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने सम्झौता भएपछि यो विषय थप संवेदनशील बनेको थियो। नेपालले यसलाई आफ्नो सार्वभौमिकतामाथिको अतिक्रमण भन्दै कूटनीतिक रूपमा विरोध जनाउदै आएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.