logo

सुरक्षाकर्मीको गोली लागि जेनजी आन्दोलनका क्रममा २० प्रर्दशनकारीको ज्यान गयो

 इसीमाना सम्बाददाता     २०८२ भदौ २३ गते ०७: १५ मा प्रकाशित     408   पटक पढिएको

काठमाडौँ ।  भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरिएको ‘जेनजी’ आन्दोलनका क्रममा २० जना प्रर्दशनकारीको ज्यान गएको छ ।

 

सुरक्षाकर्मीले चलाएको गोली लागेर  प्रदर्शनकारीको ज्यान गएको हो ।  काठमाडौँका विभिन्न अस्पतालमा उपचारका लागि पुर्‍याइएकामध्ये १८ जनाको र सुनसरीको इटहरीमा गोली लागेका दुई जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको हो।

 

 राष्ट्रिय ट्रमा सेन्टरमा ९ जना, एभरेस्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना गरी कुल २० जनाको मृत्यु भएको पुष्टि भएको छ।

 

ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले आफ्नो अस्पतालमा ९ जनाको मृत्यु भएको जानकारी दिँदै उपचाररत अन्य केहीको अवस्था गम्भीर रहेको र शल्यक्रियाको तयारी भइरहेको बताए। 

 

त्यसैगरी,केएमसी अस्पतालका प्रमुख नारायणप्रसाद दाहाल, सिभिल अस्पतालका निर्देशक मोहन रेग्मी,  एभरेस्ट अस्पतालका प्रमुख अनिल अधिकारी, , बीपी र शिक्षण अस्पतालका अधिकारीहरूले पनि आ आफ्नो अस्पतालमा भएको मृत्युको संख्या पुष्टि गरेका छन्।

 

आन्दोलनका क्रममा घाइते भएका १ सय  भन्दा बढी प्रदर्शनकारीहरूको हाल सिभिल, वीर, ट्रमा सेन्टर, एभरेस्ट, पाटन, केएमसी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ। थुप्रै घाइतेको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने सम्भावना छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.