काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको संवेदनशील परिस्थितिमा उच्च सुरक्षा निकायका प्रमुखहरूले संयमता अपनाउन र संवादमार्फत राजनीतिक निकास खोज्न सम्बद्ध पक्षलाई अपिल गरेका छन्।
मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडि, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले सोमबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो आग्रह गरेका हुन्।
वक्तव्यमा भनिएको छ, “सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं। यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौं।”
सुरक्षा प्रमुखहरूको उक्त अपिलसँगै मुलुकमा राजनीतिक संवादमार्फत सहमतिको बाटो निकाल्नुपर्ने आवश्यकता थप जोडका साथ उठेको छ।
तपाईको प्रतिक्रिया