logo

संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरु मार्फत नै समाधान खोज्न पत्रकार महासंघको अपिल

 इसीमाना सम्वाददाता     २०८२ भदौ २६ गते ०२: ४७ मा प्रकाशित     427   पटक पढिएको

वीरगंज । नेपाल पत्रकार महासंघले एक अपिल प्रकाशीत गर्दै अहिलेको समस्याको निकासकालागि जंगी अड्डाले देखाएको सक्रियताप्रति आफनो चासो देखाएको छ । समस्याको हलकालागि गरिने प्रयत्नहरु राष्ट्रपतीकार्यालयबाट हुनु पर्ने कुरामा महासंघले जोड दिएको छ ।

 

यद्धपी महासंघले शान्ति सुरक्षाको अवस्थ वहाल गर्न सेनाले गरेको कामको प्रशंसा गरेको छ।  महासंघले यो संक्रमणकालीन अवस्थाको  अन्त्यकालागि  राष्ट्रपतिले सम्बैधानिक र राजनीतिक रुपमा निकास निकाल्न पहल गर्नु पर्ने जनाएको छ। मुलत वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरु मार्फत नै समाधान खोज्दै मुलुकलाई सहज निकास दिनु पर्दछ भन्ने महासंघको ठहर छ अध्यक्ष निर्मला शर्माद्वारा जारी अपिलमा भनिएको छ  ।

 

जेनजी पुस्ताका मागहरु माथि गम्भीर विमर्श गर्दै त्यसलाई सम्बोधन गर्नु जरुरी छ भन्ने महासंघको ठहर छ । देशमा व्याप्त भ्रष्टाचार र वेथितिका विरुद्ध उठेको युवाहरूको आवाजलाई दबाउन गरिएको सरकारी दमन निन्दनीय छ ।

 

त्यस्तै आन्दोनलका नाममा सरकारी, सार्वजनिक, निजी र भौतिक संरचनाको क्षतिप्रति महासंघ दुःख व्यक्त गर्दछ । सिंहदरवार, संसद भवन र सर्वोच्च अदालत लगायतका सार्वजनिक संरचना र सञ्चार माध्यमका कार्यालयहरुमा पु¥याइएको क्षतिप्रति खेद व्यक्त गर्दछ । यस्तो क्षतिको असर मुलुकले दीर्घकालसम्म व्योहोर्नु पर्ने छ। 

 

नेपाल पत्रकार महासंघ लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणको लागि निरन्तर वकालत गर्दै आएको छ । अहिले जेनजी पुस्ताको आन्दोलनबाट मुलुकमा विषम परिस्थिति उत्पन्न भएको छ । 


सरकारले राजीनामा दिएको र अर्को सरकार नबनिसकेकोले मुलुक संक्रमणकालिन अवस्थामा छ । यसलाई जति सक्दो छिटो सुरक्षित अवतरण गरिनु जरुरी छ । भ्रष्टाचार नियन्त्रण र सुशासनको  माग राखेर सडकमा उत्रिएको युवा पुस्ताको आन्दोलनको क्रममा  जीवन गुमाउने युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

 

महासंघले राज्य र आन्दोलनकारी दुवै पक्षलाई प्रेसमाथि निशाना नबनाउन आग्रह गरेको छ। पत्रकार र मिडियालाई जनतालाई सुसूचित गर्ने आफ्नो कर्तव्य निर्वाह गर्न दिन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नदिन महासंघले अपिल गरेको छ।

 

महासंघले राष्ट्रपतिलाई वार्ताका लागि सहजीकरण गर्न आग्रह गर्दै यसका लागि पत्रकार महासंघसहित ६ वटा पेसागत सञ्जालहरू तयार रहेको जानकारी गराएको छ।

 

अन्तमा, महासंघले सबै सरोकारवाला पक्षहरूलाई संयम र संवेदनशील भई इतिहासको यो कठिन मोडमा जिम्मेवार बन्न हार्दिक अपिल गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.