logo

पटेर्वा सुगौलीमा उपाध्यक्षद्वारा अख्तियारको दुरुपयोग ,कारवाहीमा पर्ने डर कर्मचारीमा , आइसोलेनश निर्माणमा असहयोग

      6/21/2021 गते 00 00 मा प्रकाशित     888   पटक पढिएको

पटेर्वा सुगौली गाउँपालिकामा उपाध्यक्ष ममता महतोका कारण कर्मचारीहरुमा त्रास उत्पन्न भएको छ । उपाध्यक्ष महतोले आफनै नाममा निवेदन माँग गर्दै तोक लगाउदै कार्यान्वयन समेत आफैले गर्न थाले पछि कर्मचारीमा त्रास उत्पन्न भएको हो । 

 


जेठ १९ गते उपाध्यक्ष महतोले तीन वटा यस्तै निवदेनमा तोक लगाउनु भएको छ तोक लगाएको निवेदनलाई दर्ता समेत आफैले गर्नु भएको छ । आफनै नाममा निवेदन लिने आफै तोक लगाउने र कार्यान्वयन समेत आफैले गर्नु भएको छ । 


जेठ १९ गते उपाध्यक्ष महतोले गाउँपालिकाको स्टोरमा राखिएको तीन थान बोरिङ आफैले स्टोरको ताल्चा खोलेर बितरण गर्नु भएको छ । 


गाउँपालिकामा दिइने निवेदनमा अध्यक्षलाई सम्बोधन गर्ने चलन छ । त्यस्तो निवेदनमा प्रमुख प्रशासकीय अधिकृतले तोक लगाउने अभ्यास छ । उपाध्यक्षको नाममा निवेदन दिने र उपाध्यक्षले नै तोक लगाउने कुरा अख्तियारको दुरुपयोग भएको स्थानीय शासन बिज्ञको टिप्पणी छ ।

 

पटेर्वा सुगौली गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत भूजेन्द्र यादवले समेत उपाध्यक्षले तोक लगाउने कुरा प्रचलनमा आएको आफूलाई थाहा नभएको बताउनु भयो । पालिकाको कृषि शाखाका कर्मचारीले आवश्यक प्रक्रिया पुरा गरि बोरिङ दिने निर्देशन भएको जानकारी दिदा समेत उपाध्यक्ष महतोले गैर कानूनी काम गरेको बताएका छन ।

 

गाउँपालिका प्रमुख हनिारायण चौधरीले बोरिङ बितरणकोलागि आफूले प्रक्रिया पुरा गरेर बितरण गर्न कर्मचारीलाई आदेश दिएको एक कर्मचारीले बताए । मैले आदेश गरेको थिए अध्यक्ष चौधरीले भन्नु भयो “ मैले रोकेको थिइन किसनलाई दिनकैकोलागि बोरिङ ल्याइएको हो  उपाध्यक्षलाई के भयो उहाँले हुदै नभएको अधिकार प्रयोग गर्नु भएछ ।

 

उपाध्यक्ष महतोले भने अध्यक्षको अनुपस्थितिमा आफूले काम गरेको दावी गर्नु भएको छ । उहाँले स्थानीय शासन संचालन ऐनले गरेको प्रवन्ध अनुसार आफूले काम गरेको दावी गर्नु भएको छ । उहाँले पहिला आवश्यक सल्लाह र परामर्श हुनथ्यो त्यही अनुसार जनप्रतिनिधिको हैसियतमा आफूले पनि जनताको माँग सम्बोधन गर्दै आएको बताउनु भयो । उहाँले यसपाली नीतिगत रुपमै भेदभाव गरिएको बताउनु भयो ।

 

 तर रोचक कुरा त के छ भने गाउँपालिका अध्यक्ष त्यो मितिमा गाउँपालिका भन्दा बाहिर गएको देखिदैन । उपाध्यक्षलाई कार्यवाहक समेत दिएको औपचारिक कागजात कार्यालयमा छैन । यस्तोमा उपाध्यक्षको दावीमा दम देखिदैन । त्यसमा पनि निवेदनको सम्बोधन नै उपाध्यक्षलाई गरिएको छ ।

 

त्यो आफै प्रक्रियागत देखिदैन । तोक लगाउने अख्तियारी पनि उपाध्यक्षलाई छैन । पियनसंग रहेको ताल्चा खोसेर बोरिङ झिकेर बितरण गर्ने कुरा उपाध्यक्षको असल दायित्व भित्र नपर्ने भन्दा पालिकाका कर्मचारीहरु कतिबेला काहा फस्ने हो भन्दै चिन्ता ब्यक्त गर्न थालेका छन ।


गाउँपालिकामा कोभिड संक्रमण नियन्त्रण र रोकथामकालागि गरिएको प्रयासमा उपाध्यक्ष लगायतका जनप्रतिनिधिले सहयोग नगरेको एक कर्मचारीले बताएका छन । गाउँपालिका अध्यक्ष बिरामी भएका कारण कार्यालय आउन नसक्ने सूचना दिएपनि कोभिड बिरुद्ध आइसोलेशन निर्माणमा केही जनप्रतिनिधिले सहयोग नगरेको गाउँपालिका स्रोतले जनाएको छ ।

 

आइसोलेशन निर्माणको नीतिगत निर्णय गरेर डिसीसीएमसीमा पाठाउनु पर्नेमा निर्णय नगरिदिदा पठाउन ढिलो भएको अध्यक्ष चौधरीले बताउनु भयो । राजनीतिक लडाई त भइरहन्छ तर कोभिडको संक्रमणबाट आफनो गाउँपालिका भित्रका जनताको जीवन रक्षाको बिषयमा साथीहरुले राजनीति नगरेको भए हुनथ्यो अध्यक्ष चौधरीले भन्नु भयो ।  उपाध्यक्ष महतोले भने आफूहरुले कुनै असहयोग नगरेको दावी गर्नु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.