logo

जनकपुरधाममा जेनजी आन्दोलन , प्रदेशसभा र सचिवालयमा ४० करोडको क्षति

 इसीमाना सम्वाददाता     २०८२ असोज १ गते ०५: ४९ मा प्रकाशित     407   पटक पढिएको

जनकपुरधाम। जेनजी आन्दोलन र प्रदर्शनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित मधेस प्रदेश सभा र सचिवालयमा करिब  ४० करोड बराबरको भौतिक सामग्री क्षति भएको छ।

 

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलका अनुसार प्रदेशसभाका सातै दलका संसदीय दलका कार्यालय, सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यालयदेखि लिएर सचिवालयका अधिकांश शाखा तोडफोड र आगजनीबाट पूर्ण रूपमा ध्वस्त बनेका छन्।

 

सभामुख मण्डलले प्रदर्शनकारीहरूले कार्यालय मात्र नभई गाडी र व्यक्तिगत सम्पत्तिमा समेत आक्रमण गरेको बताए। तोडफोडमा प्रदेश सभा सचिवालयको हायस गाडीमा आगजनी गरी नष्ट गरिएको छ भने सभामुख मण्डलको निजी गाडीको सिसा तोडिएको छ।

 

फर्निचरदेखि सुनसम्म लुटपाट


कार्यालयभित्र रहेका फर्निचर, कम्प्युटर, ल्यापटप, टेलिभिजन, पंखा, इन्टरनेट उपकरणलगायत सबै सामग्री लुटपाट गर्नुका साथै जलाइदिइएको सभामुख मण्डलले जानकारी दिए।

 

उनले आफ्नै निवासमा समेत आन्दोलनकारीले तोडफोड गरी करिब तीन तोला सुनका गहना समेत लुटेर लगेको दाबी गरे।त्यस्तै, प्रदेशसभाभित्र रहेको मिडिया सेन्टरका कम्प्युटर र टेलिभिजन समेत लुटिएका छन ।

लुटिएका सामग्री फिर्ता गर्न अपिल


यसैबीच, मधेस प्रदेश सभाले आन्दोलनको नाममा लुटिएका सामग्री फिर्ता गर्न अपिल गरेको छ। प्रदेशका सचिव वासुप्रसाद कोइरालाद्वारा जारी सूचनामा कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टेलिभिजन, क्यामेरा, स्पिकर, एसी, फोटोकपी मेसिनलगायत विद्युतीय उपकरणहरू तत्काल फिर्ता पठाउन आग्रह गरिएको छ।

 

सभामुख मण्डलले यो घटनालाई “गम्भीर र दुःखद्” भन्दै शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक गतिविधिले कलंकित बनाएको टिप्पणी गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.