logo

जेनजी समूहको आगजनीमा घाइते भएकी सोशिला देवी हजराको पनि ज्यान गयो

 इसीमाना सम्वाददाता     २०८२ असोज ७ गते १२: ४७ मा प्रकाशित     461   पटक पढिएको

वीरगन्ज ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंग्टाको घरमा कार्यरत घरेलु मजदुर सोशिला हजराको ज्यान गएको छ । 

जेनजी समूहले आगजनी गर्दा गम्भीर घाइते भएकी घरेलु मजदुर हजराको उपचारका क्रममा ज्यान गएको हो। ४५ वर्षीया शोसिला देवी हजरा कीर्तिपुर बर्न अस्पतालमा १३ दिनको उपचारपछि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

सोसिला देवीको शरीरको लगभग ५० प्रतिशत भाग जलेको थियो र उपचारकै क्रममा उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ। घटनामा अन्य मजदुर पनि घाइते भएका छन्, जसमा भारतको बिहार सुगौलीका १८ वर्षीय विनय यादव पनि छन।

 

विनयको शरीरको पनि करिब ५० प्रतिशत भाग जलेको थियो, र उनलाई हाल कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइदै छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले बताए।

 

यो घटनामा जेनजी समूहले अनिल रुंग्टाको वीरगन्ज–१३ स्थित घरमा आगजनी गरेको र उक्त घरलाई पूरै ध्वस्त बनाएको थियो। साथै, परिसरका अन्य चार घरमा पनि तोडफोड र लुटपाट गरिएको थियो।

 

 घटनामा घाइते भएका अधिकांश मजदुरलाई स्थानीयको सहयोगमा उद्दार गरिएको थियो, तर दुई जनालाई समयमै बाहिर निकाल्न नसक्दा उनीहरू गम्भीर घाइते भएका थिए।

पर्सा प्रहरीले भने, घटना सम्बन्धी थप अनुसन्धान भइरहेको र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको भइरहेको जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.