logo

सूर्या नेपालद्वारा वीरगंज महानगरलाई कम्प्युटर–ल्यापटपसहितका उपकरण सहयोग

 इसीमाना सम्वाददाता     २०८२ असोज ११ गते ०५: ३९ मा प्रकाशित     829   पटक पढिएको

वीरगंज । आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीबाट भौतिक संरचना पूर्णरूपमा नष्ट भएको वीरगंज महानगरपालिकालाई सूर्या नेपाल प्रा.लि.ले विद्युतीय उपकरण सहयोग गरेको छ।


गत भदौ २४ गतेको घटनामा महानगरको भवनसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि कार्यालय सञ्चालनमा गम्भीर कठिनाइ सिर्जना भएको थियो।

 

यस्तै परिस्थितिमा  सूर्या नेपालले दुई थान कम्प्युटर सेट (युपिएससहित) दुई थान ल्यापटप र दुई थान प्रिन्टर हस्तान्तरण गरेको हो।

सामग्री हस्तान्तरण कार्यक्रममा वीरगंज महानगर प्रमुख राजेशमान सिंहले संकटको घडीमा गरिएको सहयोगले कार्यालयलाई पुनःसञ्चालन गर्न ठूलो राहत पुगेको बताए।

 

उनले महानगरपालिकाको दैनिक कामकाज सहज बनाउन सूर्या नेपालले पुर्‍याएको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको बताए। उनले भविष्यमा पनि महानगर र सूर्या नेपालबीच सहकार्य र साझेदारी निरन्तर रहने बिश्वास ब्यक्त गरे । 

 

संकटका समयमा सहयोग प्राप्त हुनु केवल भौतिक सामग्रीको आपूर्ति मात्र नभई मनोबल वृद्धि पनि हो। यसरी गरिएका सहयोगले संस्थागत गतिविधि पुनःसञ्चालनमा गतिशीलता ल्याउने मात्र होइन, समुदाय र निजी क्षेत्रबीचको सम्बन्ध अझ घनिष्ठ बनाउन मद्दत पुर्‍याउने स्थानीय सरोकारवालाहरूको विश्वास छ।

 

सो अवसरमा सूर्या नेपाल प्रा.लि.का प्रभाकर विक्रम शाहले समस्याको घडीमा सहयोग गर्न आफूहरु जहिल्यै तत्पर रहने बताए  ।

 

उनले नगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु हो। सबै मिलेर सहयोग गरे महानगर चाँडै उठ्ने बताए । 


यस्तै, सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंज महानगरलाई सहयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

 

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्या नेपालका सिनियर म्यानेजर यज्ञ आलेसहितका व्यक्तिहरूको उपस्थिति थियो।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.