logo

पर्सामा हैजा प्रतिरोधात्मक खोप अभियान सुरु,दशलाख बढीलाई खोप खुवाइने

 इसीमाना सम्वाददाता     २०८२ असोज २६ गते ०२: २३ मा प्रकाशित     309   पटक पढिएको

वीरगंज ।  हैजा महामारी नियन्त्रणका लागि पर्साजिल्ला आइतबारदेखि खोप अभियान सुरु गरिएको छ। आगामी असोज २८ गतेदेखि बारामा पनि अभियान सञ्चालन गरिने भएको छ।

वीरगञ्ज महानगरपालिका सहित पर्सा र बाराका २० वटा स्थानीय तहमा हैजा प्रतिरोधात्मक खोप अभियान सञ्चालन गरिँदैछ। अभियानको सुरुवात पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई पहिलो खोप खुवाएर गरिएको हो।

 

पर्साको सबै १४ पालिका र बाराको जितपुरसिमरा तथा कलैया उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ।

 

पर्सामा १ लाख १६ हजार १ सय १८ घरधुरीका ६ लाख ५२ हजार १ सय २९ जनालाई खोप खुवाउने लक्ष्य लिइएको छ।

 

त्यसका लागि ११७ स्वास्थ्य संस्था र १ हजार ९ सय ५१ खोप केन्द्र तोकिएका छन्। प्रत्येक घरमा स्वयंसेवक पुगेर खोप खुवाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

 

कार्यालयका अनुसार हालसम्म जिल्लामा १ हजार ६ सय ८० जनामा हैजा तथा झाडापखालाका बिरामी भेटिएका छन्। तीमध्ये आरडिटी परीक्षणबाट हैजा पुष्टि भएका तीन जनाको अवस्थालाई गम्भीर मानिँदै किड्नी डायलाइसिस गर्नुपरेको छ।

 

वीरगञ्जको मुर्लीटोलका एक व्यक्तिमा ६ भदौमा पहिलो पटक हैजा संक्रमण पुष्टि भएको थियो। त्यसयता बाढी प्रभावित क्षेत्रका पानीमा गरिएको परीक्षणमा झाडापखाला गराउने ई.कोली जीवाणु पाइएको जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।

 

‘पानीको स्रोतमा जीवाणु भेटिँदैन, तर घरसम्म पुगेको पानीमा ई.कोली फेला पर्छ,’ ठाकुरले भने।

 

अभियानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफ, नेपाल रेडक्रस सोसाइटी लगायतको समन्वयमा बनेको अन्तर्राष्ट्रिय समन्वय समूह (आइसिजी) ले मुखबाट लिने ओरल कोलेरा भ्याक्सिन  उपलब्ध गराएको छ।

 

बारा–पर्सा जिल्लाका लागि १० लाख १८ हजार १ सय डोज इयूभिकोल–एस खोप आएको छ। एक वर्ष उमेर माथिका समान संख्याका व्यक्तिलाई खोप खुवाइने लक्ष्य छ। यो खोप तयारी झोलको रूपमा प्लास्टिकको ट्यूबमा उपलब्ध हुन्छ र प्रत्येक व्यक्तिलाई एक डोज दिइनेछ।

अभियान दीपावली सुरु हुनु अघि, अर्थात् कात्तिक २ गतेसम्म सञ्चालन गरिनेछ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.