logo

मधेस प्रदेशमा नयाँ सत्ता समीकरण ,सोनलद्वारा मुख्यमन्त्रीमा दाबी पेश, एमाले र कांग्रेस पछि परे

 इसीमाना सम्बाददाता     २०८२ असोज २९ गते १२: १२ मा प्रकाशित     259   पटक पढिएको

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष जितेन्द्र सोनलले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री बन्ने दाबी पेश गरेका छन्।

 

 नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा सोनलले बहुमतको दाबी पेश गरेका हुन्।

 

मधेस प्रदेशसभामा हाल १०५ सदस्य कायम छन्। सोनलको पक्षमा पाँच पार्टीका ५६ सांसद छन् — जसमा जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ९ (एक निलम्बितसहित) र नेकपा (एकीकृत समाजवादी) का ७ जना सांसद छन्।

 

यस गठबन्धनले ५३ को बहुमत पार गर्दै सरकार गठनको संकेत दिएको छ।

 

प्रदेशसभाको शक्ति सन्तुलनमा एमाले — २५ (एक निलम्बितसहित),नेपाली कांग्रेस — २२,
जसपा नेपाल — १९ ,जनमत पार्टी — १३,माओवादी केन्द्र — ९,लोसपा नेपाल — ९(एक निलम्बितसहित),नेकपा (एकीकृत समाजवादी) — ७,राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी — १–१,रहेका छन ।


एमाले र नेपाली कांग्रेस दुबै सत्ता समीकरण बनाउन असफल भए। दुवै दलले आ–आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गरे पनि आवश्यक बहुमत जुटाउन सकेनन्।

 

जसपा, जनमत, माओवादी र लोसपा जस्ता मधेसका प्रभावशाली दलहरूबीच आन्तरिक संवादपछि एमाले–कांग्रेस गठबन्धनको विकल्प स्वरूप नयाँ मधेसी मोर्चा बनेको हो।

 

नेपाली कांग्रेसको नेतृत्वमा एमाले जनमत र लोसपा सरकार बनाउन सहमत भएपनि पछिल्लो क्रममा एमाले कांग्रेस बाहेकको सरकार बनाउने प्रयासले सफलता पाएको हो ।

 

एमाले र कांग्रेसलाई बाहिर राखेर सरकार बनाउन लोसपा अध्यष महन्थ ठाकुले लिएको पहलकदमीले सफलता पाएको हो । 

प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार बहुमतको दाबी प्रस्तुत गरेका सोनललाई सरकार गठनका लागि आह्वान गर्ने सम्भावना छ। 

IMG_7915.jpeg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.