logo

सोनलले लिए मुख्यमन्त्रीको शपथ, सभामुख सहित विपक्षी दलहरू अनुपस्थित

 इसीमाना सम्वाददाता     २०८२ असोज ३० गते ०३: ०९ मा प्रकाशित     145   पटक पढिएको

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र प्रसाद सोनलले बिहिवार मधेश प्रदेशका चौथो मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

 

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ गराएको समारोहमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र  नेपाली कांग्रेसका शीर्ष नेताहरू अनुपस्थित रहे।

 

प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलसहित विपक्षी दलका प्रमुख नेताहरू उपस्थित नभएकाले यसलाई नयाँ गठबन्धनप्रति असन्तुष्टि वा ‘राजनीतिक बहिष्कार’का रूपमा हेरिएको छ।

शपथलगत्तै मुख्यमन्त्री सोनलले दुई जना विना विभागीय मन्त्रीहरूलाई पनि शपथ गराए।


जनमत दलका नेता महेशप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी)का कनिश पटेलले मन्त्रीको शपथ लिए पनि उनीहरूलाई अहिलेसम्म कुनै विभागीय जिम्मेवारी तोकिएको छैन।

 

सोनल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरे पनि जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नामावली नपठाएकाले पहिलो चरणको मन्त्रिपरिषद् सानो आकारमा सीमित भएको हो।

 

दलहरूबीच मन्त्रालय बाँडफाँटबारे संरचनागत सहमति त भएको छ, तर कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा अन्तिम टुंगो अझै लागेको छैन। सोनललाई समर्थन गर्ने गठबन्धनमा जसपा नेपाल १९ सिटसहितको सबैभन्दा ठूलो दल हो।

 

राजनीतिक विश्लेषकहरूका अनुसार, प्रमुख विपक्षी दलहरूको अनुपस्थिति र गठबन्धन दलहरूकै ढिलासुस्तीले सोनल सरकारको सुरुवाती यात्रा चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ।

 

मधेशको सत्ता समीकरण फेरिए पनि स्थायित्व र सहकार्य कति टिक्छ भन्ने विषयमा अहिले प्रदेश राजनीतिक वृत्तमा चासो र अनिश्चितता दुवै देखिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.