logo

गृहमन्त्री हटाउन प्रधानमन्त्रीलाई बालेनको दबाब , अर्याल बिरुद्ध अभियान चलाउन टिम परिचालन

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ११ गते ०१: ०९ मा प्रकाशित     335   पटक पढिएको

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गृहमन्त्री ओमप्रकाश आर्याललाई पदमुक्त गर्न प्रधानमन्त्री सुषिला कार्कीलाई दबाब दिएको बताइएको छ।

 

स्रोतका अनुसार, बालेनले केही दिनअघि प्रधानमन्त्री कार्कीलाई भेटेर गृहमन्त्रीले अपेक्षित रूपमा काम नगरेको  भन्दै तत्काल परिवर्तनको सुझाव दिएका थिए।

 

आर्याल बालेनकै कानूनी सल्लाहकार रहिसकेका व्यक्ति हुन्। तर, उनी गृहमन्त्री बनेपछि बालेनका केही सुझाव र मागअनुसार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका व्यक्तिहरूलाई पक्राउ नगरेको भन्दै असन्तुष्ट बनेका थिए।

 

 उनले पूर्वगृहमन्त्री रमेश लेखक र अहिले उनको बिरोधमा उत्रिएका दुर्गा प्रसाईलाई समेत पक्राउ नगरेको भन्दै असन्तोष ब्यक्त गरेका हुन ।

 

बालेनका नजिकका सहयोगीहरूको टीमले गृहमन्त्री हटाउने वा राजीनामा गराउने अभियान चलाउने सल्लाह गरेका छन् ।

 

 मेयर बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई तुरुन्त पक्राउ गर्न दबाब दिइरहेका छन् । तर, कानूनबमोजिम चल्नुपर्ने बाध्यता सरकारले देखाएको छ ।

 

पछिल्लो समय दुर्गा प्रसाईँले आफ्नो आलोचना गर्न थालेपछि सर्वसाधारणमा आफ्नो लोकप्रियता घट्न थालेको महसुस गरेको मेयर शाहले प्रसाईँलाई पनि पक्राउ गर्न दबाब दिइरहेका छन् ।

 

 पछिल्लोपटक बालुवाटारमा भएको दलका नेतासँगको छलफलमा गृहमन्त्री अर्यालले दुर्गा प्रसाईँको नाम नलिई उनीमाथि क्रिमिनलको व्यवहार गर्ने अवस्था आउन सक्ने बताएका थिए ।

त्यसपछि बालेनले प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्री परिवर्तनको मागसहित सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप रोक्नुपर्ने धारणा राखेको बताइन्छ।

सरकारी स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले भने यो विषयमा तत्काल निर्णय नलिने र कानूनी प्रक्रियाअनुसार अघि बढ्ने बताएकी छन्।


राजनीतिक विश्लेषकहरूका अनुसार, बालेन र केन्द्र सरकारबीच बढ्दो दूरीले राजधानीको प्रशासनिक समन्वयमा असर पर्ने सम्भावना देखिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.