logo

गृहमन्त्री हटाउन प्रधानमन्त्रीलाई बालेनको दबाब , अर्याल बिरुद्ध अभियान चलाउन टिम परिचालन

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ११ गते ०१: ०९ मा प्रकाशित     542   पटक पढिएको

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गृहमन्त्री ओमप्रकाश आर्याललाई पदमुक्त गर्न प्रधानमन्त्री सुषिला कार्कीलाई दबाब दिएको बताइएको छ।

 

स्रोतका अनुसार, बालेनले केही दिनअघि प्रधानमन्त्री कार्कीलाई भेटेर गृहमन्त्रीले अपेक्षित रूपमा काम नगरेको  भन्दै तत्काल परिवर्तनको सुझाव दिएका थिए।

 

आर्याल बालेनकै कानूनी सल्लाहकार रहिसकेका व्यक्ति हुन्। तर, उनी गृहमन्त्री बनेपछि बालेनका केही सुझाव र मागअनुसार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका व्यक्तिहरूलाई पक्राउ नगरेको भन्दै असन्तुष्ट बनेका थिए।

 

 उनले पूर्वगृहमन्त्री रमेश लेखक र अहिले उनको बिरोधमा उत्रिएका दुर्गा प्रसाईलाई समेत पक्राउ नगरेको भन्दै असन्तोष ब्यक्त गरेका हुन ।

 

बालेनका नजिकका सहयोगीहरूको टीमले गृहमन्त्री हटाउने वा राजीनामा गराउने अभियान चलाउने सल्लाह गरेका छन् ।

 

 मेयर बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई तुरुन्त पक्राउ गर्न दबाब दिइरहेका छन् । तर, कानूनबमोजिम चल्नुपर्ने बाध्यता सरकारले देखाएको छ ।

 

पछिल्लो समय दुर्गा प्रसाईँले आफ्नो आलोचना गर्न थालेपछि सर्वसाधारणमा आफ्नो लोकप्रियता घट्न थालेको महसुस गरेको मेयर शाहले प्रसाईँलाई पनि पक्राउ गर्न दबाब दिइरहेका छन् ।

 

 पछिल्लोपटक बालुवाटारमा भएको दलका नेतासँगको छलफलमा गृहमन्त्री अर्यालले दुर्गा प्रसाईँको नाम नलिई उनीमाथि क्रिमिनलको व्यवहार गर्ने अवस्था आउन सक्ने बताएका थिए ।

त्यसपछि बालेनले प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्री परिवर्तनको मागसहित सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप रोक्नुपर्ने धारणा राखेको बताइन्छ।

सरकारी स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले भने यो विषयमा तत्काल निर्णय नलिने र कानूनी प्रक्रियाअनुसार अघि बढ्ने बताएकी छन्।


राजनीतिक विश्लेषकहरूका अनुसार, बालेन र केन्द्र सरकारबीच बढ्दो दूरीले राजधानीको प्रशासनिक समन्वयमा असर पर्ने सम्भावना देखिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.