logo

फी नतिरेको कारण  विद्यार्थीलाई परीक्षा दिन बन्चित गर्ने जिएचपीको तिब्र बिरोध , बिद्यालयको यो कदम कानूनी रुपमा गीम्भर त्रुटीपूर्ण

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १८ गते ०२: २९ मा प्रकाशित     168   पटक पढिएको

वीरगन्ज ।  वीरगन्ज–१३ पावरहाउस नजिक रहेको जिएचपी माध्यमिक विद्यालयले मासिक शुल्क नतिरेको कारण देखाउँदै एकै परिवारका तीन जना बालबालिकालाई त्रैमासिक परीक्षाबाट बञ्चित गरेको घटनाले चर्को विवाद उत्पन्न गरेको छ।

 

वीरगन्ज–२३  घर भएका  (कक्षा ६) तथा (कक्षा २)मा अध्ययनरत बिद्यार्थी  विद्यालयले परीक्षामा सहभागी हुन नदिएको अभिभावकले गुनासो गरेका छन्।

 

अभिभावकका अनुसार विद्यालयले करीब ७२ हजार रुपैयाँ बक्यौता शुल्क नतिरेको कारण देखाउँदै बालबालिकालाई परीक्षा हल प्रवेशमा रोक लगाएर सुरक्षा गार्डमार्फत घर पठाएको थियो।

 

उनले भने,“देशको आर्थिक अवस्था कमजोर छ। मेरो पैसा अर्को ठाउँमा फसेको छ, आएकोबेला तिर्छु भनेको थिएँ। तर विद्यालयले बच्चालाई अपमानित गर्दै घर पठायो, जसले मेरो प्रतिष्ठा र बच्चाको मानसिक अवस्थामा असर परेको छ।”

 

महानगरको हस्तक्षेप

 

घटनापछि अभिभावकले वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा लिखित उजुरी दिएका थिए।
उक्त उजुरीका आधारमा महाशाखाले गत असोज २६ गते विद्यालयलाई तीन दिनभित्र जवाफ पेश गर्न निर्देशनसहित पत्र पठाएको थियो।

 

तर विद्यालयले जवाफ नदिएपछि महाशाखाले कार्तिक १६ गते पुनः अर्को पत्र पठाएको जनाएको छ। महाशाखाका एक अधिकारीका अनुसार, “विद्यालयले जवाफ नदिएमा शिक्षा ऐन र निजी विद्यालय सञ्चालन निर्देशिका अनुसार आवश्यक कारबाही हुनेछ।”

 

विद्यालयको पक्ष

विद्यालयकी सञ्चालिका रमिन्दर कौरले तीन बालबालिकाको करीब एक लाख रुपैयाँभन्दा बढी शुल्क बक्यौता रहेको बताउँदै विद्यालयले आर्थिक कठिनाइका कारण यस्तो निर्णय गरेको बताइन्।


उनले विद्यालय शुल्कमै चल्ने संस्था हो। शुल्क नआउँदा खर्च धान्न गाह्रो भएकाले यस्तो कदम चालियो। तर अब बच्चा आए भने परीक्षा र पढाइ दुबै गराउन तयार रहेको बताइन  ।

कौरले शुल्क उठाउन दबाब स्वरूप यस्तो कदम चालिएको भए पनि परीक्षा पुनः गराउन सकिने र शुल्क पछि तिर्न सकिने बताइन्।

कानुनी पक्ष विद्यालयको कदम गैरकानुनी

 

कानुनविद्हरूका अनुसार विद्यालयले फी नतिरेको कारण विद्यार्थीलाई परीक्षा दिन नदिने वा पढाइबाट अलग्याउने अधिकार राख्दैन। बाल अधिकार ऐन, २०७५ को धारा १६ अनुसार “कुनै बालबालिकालाई आर्थिक अवस्था वा अन्य कुनै आधारमा शिक्षा प्राप्त गर्नबाट वञ्चित गरिने छैन।” 

त्यस्तै, शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ ले शुल्क असुलीका कारण विद्यार्थीलाई परीक्षा वा अध्ययनबाट अलग्याउन निषेध गरेको छ।

निजी तथा आवासीय विद्यालय सञ्चालन निर्देशिका, २०७२ को धारा १२(३) मा स्पष्ट उल्लेख छ ,“विद्यालयले शुल्क असुलीका कारण विद्यार्थीलाई शैक्षिक गतिविधिबाट अलग्याउन पाउने छैन।” 

नेपालको संविधान २०७२ को धारा ३१ (शिक्षाको अधिकार)ले पनि भन्छ , “कुनै बालबालिकालाई शिक्षाबाट वञ्चित गरिने छैन।” 

यी सबै कानुनी प्रावधानअनुसार, विद्यालयले परीक्षा दिन नदिएको कार्य संविधान, शिक्षा ऐन र बाल अधिकार ऐनको उल्लङ्घनमा पर्छ।

 

स्थानीय प्रतिक्रिया र माग

बाल अधिकारकर्मी, अभिभावक संघ र नागरिक समाजका प्रतिनिधिहरूले विद्यालयको कार्यलाई बालमैत्री शिक्षा प्रणालीमाथिको प्रहार भनेका छन्।
,

“शुल्क विवाद अभिभावक र विद्यालयबीचको विषय हो, तर त्यसको सास्ती बालबालिकाले भोग्नु अमानवीय र गैरकानुनी हो। राज्यले यसमा कडा कदम चाल्नुपर्छ।”

वीरगन्जको जिएचपी  माध्यमिक विद्यालयमा घटेको घटना निजी विद्यालयहरूले शुल्क असुलीलाई शिक्षा अधिकारभन्दा माथि राख्ने प्रवृत्ति झल्काउने उदाहरण बनेको छ।

कानुन स्पष्ट छ , फी नतिरेको कारण विद्यार्थीलाई परीक्षा वा पढाइबाट रोक्न पाइँदैन।अब वीरगन्ज महानगरको छानबिन र आगामी कदमले विद्यालयहरूमा यस्ता अभ्यास रोक्न कस्तो नजिर बसाउँछ, सबैको नजर त्यसतर्फ केन्द्रित भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.