logo

२५ दिनमै ढल्यो सोनल सरकार , दुई सांसदको बिद्रोहपछि मुख्यमन्त्रीको राजीनामा घोषणा

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २२ गते ०८: ०० मा प्रकाशित     409   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशको जीतेन्द्र सोनल नेतृत्वको सरकार गठन भएको २५ दिनमै पतन भएको छ। गठबन्धनसँग विश्वासको मत प्राप्त गर्ने पर्याप्त संख्या रहे पनि, आफ्नै पक्षका दुई सांसदको बिद्रोहपछि सरकार अल्पमतमा परेको हो। यससँगै मुख्यमन्त्री सोनलले आजै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने  घोषणा गरेका छन्।

 

विश्वासको मतका लागि बसेको प्रदेशसभा बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद रहबर अन्सारी र माला कर्णले सरकारलाई समर्थन नगर्ने घोषणा गरेपछि सत्ता समीकरण भत्किएको हो।

 

 उनीहरूको असहमतिको कारण सोनल पक्षमा रहेका सांसदको संख्या घटेर ५२ मा सीमित भयो। यसपछि मुख्यमन्त्री सोनल राजीनामा दिन बाध्य भएका हुन्।

बैठकको सुरुवातमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दै सोनलले गठबन्धन एकताबद्ध रहेको दाबी गरेका थिए।

 

तर छलफलका क्रममा सांसद रहबर अन्सारीले सरकारमाथि भ्रष्टाचार र निष्क्रियताको आरोप लगाउँदै समर्थन नदिने चेतावनी दिए। त्यसपछि माला कर्णले पनि दलको आधिकारिक निर्णय विपरीत सरकारलाई विश्वासको मत नदिने घोषणा गरिन्।

 

अन्सारी र कर्णको बिद्रोहपछि बैठकमा तनावपूर्ण स्थिति उत्पन्न भयो। सभामुख रामचन्द्र मण्डलले मत विभाजनको तयारी गरे पनि सत्तापक्षले सरकारको अनुपस्थितिमा सदन सञ्चालन नमिल्ने भन्दै आपत्ति जनायो।

 

 वादविवादकै बीच सभामुखले बैठक स्थगित गरे पनि पुनः मत विभाजन अघि बढाउने आदेश दिएपछि स्थिति झन् जटिल बन्यो।

 

त्यसपछि मुख्यमन्त्री सोनलले सभामुखमाथि पक्षपातपूर्ण गतिविधिको आरोप लगाउँदै सभामै राजीनामाको घोषणा गरे। उनले संघीयता र प्रदेशसभामाथि आक्रमणको प्रयास भइरहेको भन्दै विरोध पनि जनाए।

 

स्रोतका अनुसार सत्तापक्षले अहिले पनि माओवादी सांसदहरूसँग पुनः सहकार्य गरेर पुनः सरकार गठन गर्ने रणनीति बनाइरहेको छ। यससँगै मधेश प्रदेशमा फेरि सत्ता समीकरणको नयाँ खेल सुरु भएको छ।

 

गत आश्विन२९ गते मुख्यमन्त्री नियुक्त भएका सोनलले भोलिपल्ट आश्विन ३० गते पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए।  २५ दिनमै उनको सरकार पतन भएको हो, जसले मधेश प्रदेशको राजनीतिक अस्थिरतालाई पुनः उजागर गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.