logo

मुख्यमन्त्री सरोज यादवको पहिलो निर्णय मधेश आन्दोलनका शहिदलाई ‘मधेस रत्न सम्मान’प्रदान गर्ने

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २५ गते ०७: ५१ मा प्रकाशित     309   पटक पढिएको

जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्त भएको झन्डै ३६ घण्टापछि सोमबार औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

 

कार्यभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले आफ्नो पहिलो निर्णयका रूपमा मधेस आन्दोलनका सहिदहरूलाई “मधेस रत्न सम्मान” प्रदान गर्ने घोषणा गरेका छन्।

 

उनले मधेस आन्दोलनका सहिदहरूको बलिदानकै कारण मुलुकमा संघीयता सम्भव भएको उल्लेख गर्दै भने, “मधेसका शहीदहरूको योगदान अमूल्य छ। अब उनीहरूलाई उचित सम्मान दिने समय आएको छ।”

 

मुख्यमन्त्री यादवका अनुसार विगतमा सहिद परिवारलाई आर्थिक सहयोग भए पनि औपचारिक सम्मानको अभाव रहेको थियो। उनले अबदेखि मधेसका सहिदहरूलाई प्रदेश सरकारका तर्फबाट स्थायी रूपमा सम्मानित गरिने बताए।

 

त्यस क्रममा उनले प्रदेशमा शान्ति, स्थायित्व र सुशासन कायम राख्नका लागि सुरक्षा निकायका प्रमुखहरूसँग परामर्श गरी कानून–व्यवस्था सुदृढ गर्न निर्देशन समेत दिएका छन्।

 

मुख्यमन्त्री यादव कात्तिक २३ गते नियुक्त भएका थिए भने कात्तिक २४ गते प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.