logo

११ दलको एकता ओली र सिद्धान्तविरुद्ध मात्रै होः एमाले नेता सूर्य थापा

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २७ गते ०६: ४९ मा प्रकाशित     359   पटक पढिएको

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले हालै घोषित ११ दलको एकतालाई केवल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनका सिद्धान्तविरुद्धको राजनीतिक अभियानका रूपमा चित्रण गरेका छन्।

प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकारसँगको संवाद कार्यक्रममा बोल्दै थापाले भने, “यी ११ दल मिसिनुको कुनै राजनीतिक अर्थ छैन, यसको उद्देश्य केवल केपी ओलीको निन्दा गर्नु र उहाँका सिद्धान्तविरुद्ध बोल्नु मात्रै हो।”

 

थापाका अनुसार समाजवादी र माओवादीबाहेक अन्य नौ दलको जनस्तरमा कुनै पहिचान नै छैन। उनले भने, “११ वटा पार्टीको एकता भन्ने सुनेको छु, तर त्यसमा समाजवादी र माओवादीबाहेक अरु नौ पार्टी शून्य हुन्। देशभरका जनताले चिनेका पनि छैनन्। त्यसैले ‘हामी मिसियौं’ भन्नु मात्र प्रचार हो, राजनीति होइन।”

 

उनले २०७७ सालदेखि नै यस्ता एकता प्रयासहरू ओलीविरुद्धकै अभियानका रूपमा दोहोरिँदै आएको बताए। “त्यो बेला पनि ओलीको विरोधमै यस्तो खेल भयो, आज पनि त्यही दोहोरिएको हो,” थापाको भनाइ थियो।

 

थापाले पछिल्लो समय “पेन्सन पकाउने सेलिब्रेटी”हरूले पनि पार्टी खोल्ने लहर चलेको भन्दै व्यङ्ग्य गरे। उनले भने, “अहिले पार्टी खोल्न सजिलो भएको छ। तर, कांग्रेस र एमालेजस्ता शताब्दी पार्टी बन्न सजिलो छैन। अहिले दर्ता भएका धेरै नयाँ पार्टी कालिपोके बन्ने खतरा छन्।”

 

एमाले केन्द्रीय कमिटीमा २३ गतेको घटनाबारे छलफल हुँदा करिब ३२८ सदस्यले ओलीले घटनाको नैतीक जिम्मेवाी लिनु पर्छ भनेर  बोलेको चर्चाबारे पनि उनले प्रष्ट पारे। “त्यो बैठकमा ३ सय २८ जनाले बोलेका थिए, तर पद छोड्नुपर्छ भन्ने मत केवल १६ जनाले राखेका थिए। सचिवालयमा पनि ५ जनाले मात्रै सो मत दिएका थिए। बाँकी सबै ओलीकै पक्षमा उभिएका थिए,” उनले स्पष्ट पारे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.