logo

मधेश प्रदेशका सभामुख मण्डल बिरुद्ध महाभियोग दर्ता

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २७ गते ०७: १२ मा प्रकाशित     388   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि पदीय आचरण विपरीत कार्य गरेको आरोप लगाउँदै महाभियोग प्रस्ताव दर्ता गरिएको छ।

प्रदेशसभामा ७ दलका ७४ जना सांसदले संयुक्त रूपमा सभामुख मण्डलविरुद्ध महाभियोग दर्ता गरेका हुन्। प्रस्तावमा हस्ताक्षर गर्ने दलहरूमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा)नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र नेकपा (माओवादी केन्द्र)छन्।

 

महाभियोग प्रस्तावमा  सभामुख मण्डलले सभा कार्य सञ्चालन नियमावली, २०७५ को परिच्छेद २१ र नियम १८० बमोजिम आफ्नो पदीय र आचारणगत दायित्व पूरा गर्न असफल भएका छन्। त्यसकारण उनलाई सभामुख पदबाट पदमुक्त गर्न माग गरिएको हो।

प्रस्ताव दर्ता भएपछि सभामुखमाथि तत्काल पद स्थगनको प्रक्रिया अघि बढ्ने बताइएको छ।


प्रदेशसभा सचिवालयका अनुसार महाभियोग प्रस्ताव दर्ता भएपछि नियम अनुसार सभामुखले कार्यभार सम्हाल्न पाउँदैनन् र प्रस्तावको छानबिन समितिले प्रतिवेदन नआउँदासम्म उपसभामुखले सभाको काम सञ्चालन गर्ने व्यवस्था छ।

 

 यद्धपी निवेदकहरुको उजुरी अनुसार सभामुख मण्डल बिरुद्धको महाअभियोग प्रस्ताव पारित हुने अवस्था छैन ।

 

अहिले ७४ जनाले महाअभियोग प्रस्ताव दर्ता गरे पनि प्रस्ताव पारित हुन ७९ मत चाहिन्छ । सभामुख बिरुद्धको उजुरी रिसाएको बिरालोले खम्बा चिथारे जस्तो मात्र रहेको  एक बिश्लेषकले बताएका छन  ।

 

उनले भने बिपक्षी दलहरुको आफनो अर्कमण्यता लुकाउनकालागि यो राजनीतिक स्टण्ट शुरु भएको हो । महाअभियोग प्रस्ताव पारित हुन दुई तिहाई बहुमतको आवश्यकता पर्छ ।  प्रदेश सभामा हाल १०५ सदस्य कायम छन । नेकपा एमाले  संग २४ सदस्य छन  ।  

 

यसअघि पनि मधेश प्रदेशमा सभामुख र दलहरूबीच विवाद देखिँदै आएको छ। विशेषतः सत्तारूढ गठबन्धन र विपक्षबीच मुख्यमन्त्री नियुक्ति र विश्वासको मतका विषयमा उत्पन्न विवादपछि राजनीतिक अस्थिरता बढेको थियो।

 

नेता तथा विश्लेषकहरूले यो महाभियोगलाई मधेश प्रदेशको सत्ता समीकरणमा नयाँ मोड ल्याउने घटनाका रूपमा हेरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.