logo

मुख्यमन्त्री सरोज यादवको पहल: नागरिकसँग प्रत्यक्ष संवाद, ४५ मिनेटमा गुनासा समाधान

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १ गते ०५: ५७ मा प्रकाशित     260   पटक पढिएको

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशभरका नागरिकसँग प्रत्यक्ष संवाद स्थापना गर्ने उद्देश्यले ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गरेका छन्।

 

हिजोबाट प्रारम्भ भएको यो पहल सोमबार दोस्रो दिन पनि निरन्तर जारी रह्यो, जहाँ प्रदेश विभिन्न स्थानबाट आएका नागरिकका गुनासा, सुझाव र समस्याहरू सुनेर तत्काल समाधानका प्रक्रियाहरू अघि बढाइएका हुन्।

 

कार्यक्रमको पहिलो दिनमै स्थानीय बासिन्दाले लोकसेवा आयोगका विज्ञापन सम्बन्धी सूचना, युवाको रोजगारी अभाव, नापी तथा मालपोत कार्यालयमा देखिएको भ्रष्टाचार, शिक्षाको कमजोर अवस्था, सडक मर्मतका चुनौती लगायतका मुद्दाहरू मुख्यमन्त्रीसमक्ष राखेका थिए।

 

मुख्यमन्त्री यादवले उठेका प्रत्येक गुनासाको छिटोछरितो समाधान होस् भन्ने उद्देश्यले सम्बन्धित निकायहरूलाई फोनमार्फत आवश्यक निर्देशन दिँदै आएका छन्।

 

उनले जनताको समस्या तत्काल सम्बोधन गर्न राज्य संयन्त्रले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा विशेष जोड दिएका छन्।

 

‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम दैनिक ४५ मिनेट सञ्चालन हुन्छ। यसले नागरिक–सरकारबीच प्रत्यक्ष संवाद बढाउँदै विश्वास निर्माणमा महत्वपूर्ण योगदान दिएको जनाइएको छ।

 

मुख्यमन्त्रीका अनुसार, नागरिकहरूले दैनिक रुपमा फोनमार्फत आफ्नो समस्याबारे प्रत्यक्ष रूपमा जानकारी गराउन सक्नेछन्। यस्तो पहलले मधेस प्रदेशमा सरकारी सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र कार्यक्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.