logo

मधेस प्रदेशमा सरकार गठन विवाद,मुख्यमन्त्री यादवनै रहे सर्वोच्चले मंसिर ११ मा अन्तिम सुनुवाइ गर्ने

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २ गते ०९: १६ मा प्रकाशित     253   पटक पढिएको

काठमाडौँ  । मधेस प्रदेश सरकार गठनसम्बन्धी विवादमा सर्वोच्च अदालतले आउँदो मंसिर ११ गते अन्तिम सुनुवाइ गर्ने भएको छ।

 

न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विपक्षीलाई मंसिर ९ गतेभित्र लिखित जवाफ पेस गर्न आदेश दिँदै सोही आधारमा मंसिर ११ गते अन्तिम सुनुवाइका लागि पेश गर्न निर्देशन दिएको हो।

 

प्रदेशसभाका ७४ सांसदहरूले संविधानको धारा १६८(३)अनुसार सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

 

सर्वोच्च अदालतले रिटको टुंगो नलागेसम्म मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न  आदेशसमेत जारी गरेको छ।

 

अदालतले जारी गरेको अन्तरिम आदेशमा भनिएको छ— संविधानको धारा १६८(४) अनुसार विश्वासको मत लिने प्रक्रिया पूरा नभइसकेको अवस्थामा तथा सभामा बहुमत सदस्यहरूले धारा १६८(२)बमोजिम सरकारले गठन गर्न दाबी प्रस्तुत गरिरहेको पृष्ठभूमिमा, सो दाबीबारे निर्णय नहुँदै धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्ति हुन सक्ने कि नसक्ने भन्ने विषय अन्तिम निर्णयसाथ स्पष्ट हुनेछ।

 

यस प्रकरणले संसदीय लोकतन्त्रका मूल्यमान्यता, पारदर्शिता र प्रक्रिया स्वयंममा गम्भीर प्रश्न उठाएको भन्दै अदालतले २०७४ को सर्वोच्च अदालत नियमावलीको नियम ४९(२)(क) अनुसार अन्तरिम आदेश जारी गरेको हो। अदालतले मिति २०८२।०७।२३ मा गठन भएको भनिएको मन्त्रिपरिषद्ले कुनै पनि नीतिगत वा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न तथा विश्वासको मतसम्बन्धी संवैधानिक प्रक्रियाविपरीत जाने कार्यसमेत नगर्न भनेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.