logo

मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सोनलद्वारा अन्ततः सरकारी निवास खाली, नयाँ मुख्यमन्त्री यादव प्रवेशको तयारी

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ५ गते ०३: २६ मा प्रकाशित     341   पटक पढिएको

जनकपुर । राजनीतिक तनाब र तानातानबीच अन्ततः मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले सरकारी निवास खाली गरेका छन्।

 

 

शुक्रबार बिहानै उनले आवास परिसरका गमलामा पानी हाल्दै घर छाडेको दृश्य सार्वजनिक भएपछि उनको ‘नछाड्ने’ अडान अन्त्य भएको छ।

 

नयाँ मुख्यमन्त्री सरोज यादवले दिएको कडा अल्टिमेटमभित्रै निवास खाली भएपछि मुख्यमन्त्री कार्यालयले अब नयाँ बसोबास व्यवस्थाका प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।

 

यादवले केही दिनदेखि नै विभिन्न दलका नेता, संसदीय दलका प्रमुख सचेतक तथा सम्बद्ध निकायसँग निरन्तर समन्वय गर्दै सोनललाई निवास खाली गरिदिन औपचारिक आग्रह गर्दै आएका थिए।

 

यसअघि ७ दलिय गठबन्धनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा टुंगिएपछि मात्र निवास छाडिने बताइरहे पनि पछिल्ला राजनतिक घटनाक्रमका कारण निवास छोडने निष्कर्षमा सोनल पुगेको बताइन्छ  । 

 

स्रोतका अनुसार सोनलले निवास छाडेपछि अब मुख्यमन्त्री यादवलाई औपचारिक रूपमा सरकारी निवास प्रवेश गराउने तयारी थालिएको छ। नयाँ सरकार गठनसँगै स्थगित रहेको सत्ता हस्तान्तरण प्रक्रियाले अब तीव्रता पाउने संकेत मिलेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.