logo

मधेश प्रदेशको नेतृत्व नेपाली कांग्रेसको हातमा, श्रीकृष्ण यादव नयाँ मुख्यमन्त्री बन्ने

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १९ गते ०३: ३४ मा प्रकाशित     585   पटक पढिएको

वीरगंज । मधेश प्रदेशमा सरकार गठनमा देखिएको पेचिलो राजनीतिक प्रक्रियाले अन्ततः स्पष्ट मोड लिएको छ। जनकपुरमा बसेको सात दलबीचको निर्णायक संवादपछि मधेश प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउने सहमति बनेको छ।

 

यो जानकारी नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य श्याम पटेलले सार्वजनिक गरेका छन्। उनका अनुसार लामो छलफल र राजनीतिक समन्वयपछि अन्य दलहरू कांग्रेसलाई मुख्यमन्त्रीको नेतृत्व दिन सहमत भएका हुन्।

 

सत्ता–समिकरण निकै जटिल बने पनि अन्ततः नेपाली कांग्रेसको नाममा सहमति जुटेसँगै सरकार गठनको प्रक्रिया सहज हुने भएको छ। दलहरूबीचको अविश्वास, पद–भागबण्डा र शक्ति–समीकरणका विवादले केही दिनदेखि मधेश प्रदेशको राजनीति तनावपूर्ण बनेको थियो।

 

सहमतिको आधारमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति श्रीकृष्ण यादव नयाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ। यादव नेतृत्वमा बन्ने नयाँ सरकारले प्रदेशमा स्थिरता र समन्वयकारी भूमिका खेल्ने अपेक्षा राजनीतिक वृतले व्यक्त गरेको छ।

 

यता, सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयभित्रै दाबी पेश गर्ने तयारी दलहरूले तीव्र रूपमा अघि बढाइरहेका छन्। आवश्यक हस्ताक्षर, समर्थन र औपचारिक कागजात तयार गर्ने काम अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।

 

मधेश प्रदेशमा राजनीति लामो समयपछि निर्णायक निष्कर्षमा पुग्दै गर्दा अब नयाँ सरकारको नीति, प्राथमिकता र कार्यशैलीले प्रदेशको आगामी राजनीतिक दिशानिर्देश तय गर्ने विश्लेषकहरू बताउँछन्।


चार दलका नेताहरूले औपचारिक रूपमा हस्ताक्षर पनि गरिसकेका छन् भने बाँकी दुई दलले केहीबेरमै दस्तखत गर्ने बताएका छन्।

 

प्रदेश प्रमुख सुरेन्द्र लाभले आह्वान गरेको समयसीमाभित्रै सरकार गठनको दाबी पेस गर्ने तयारी गरिएको सांसदले बताए।

 

सरकार गठनका दाबी पेस गर्न अब डेढ घन्टा मात्र बाँकी हुँदा प्रदेश राजधानी जनकपुरमा राजनीतिक दौडधुप तीव्र बनेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.