logo

संघीयता र समावेशीताको जननी भनिने मधेश प्रदेश सरकारमै समावेशीताको अभाव

 इसीमाना सम्वाददाता     २०८२ पौष १७ गते ०६: ५८ मा प्रकाशित     231   पटक पढिएको

वीरगंज । संघीयता र समावेशीताको जननीका रूपमा व्याख्या गरिँदै आएको मधेश प्रदेश सरकारले झण्डै एक महिनापछि मन्त्रिमण्डललाई पूर्णता त दिएको छ, तर सरकार गठनको शैलीले समावेशी सिद्धान्तकै उपहास गरेको आरोप लाग्न थालेको छ।

 

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको १२ सदस्यीय मन्त्रिमण्डलमा एक जना मात्र महिला मन्त्री समेटिएका छन् भने दलित र मुस्लिम समुदायको त प्रतिनिधित्व नै शून्य रहेको छ।

 

मधेशवादी राजनीति, पहिचान, समानुपातिकता र समावेशीतालाई मुख्य एजेन्डा बनाउँदै आएका दलहरूको सहमतिमा बनेको सरकार नै यति असमावेशी हुनु संघीय अभ्यासमाथि गम्भीर प्रश्न भएको टिप्पणी हुन थालेको छ।

 

बुधबार सत्तारुढ छ दलीय गठबन्धनको पूर्वसहमति अनुसार छ जना मन्त्री थपिएसँगै सरकार पूर्णता पाएको हो।

 

तर पूर्णता पाएको मन्त्रिमण्डलमा शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारी मात्र महिला प्रतिनिधि रहनु र दलित तथा मुस्लिम समुदायबाट एक जना पनि मन्त्री नहुनु समावेशी मर्मविपरीत भएको आलोचना तीव्र बनेको छ।


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी प्रदेश सांसद शारदा थापाले लामो समय लगाएर भए पनि सरकार गठन हुनुलाई सकारात्मक भने तापनि, समावेशी आधारमा मन्त्रिमण्डल बनाउन नसक्नु मुख्यमन्त्रीको नेतृत्व क्षमतामाथि प्रश्नचिन्ह भएको बताइन्।

 

उनका अनुसार, संविधान र समावेशी अभ्यासअनुसार कम्तीमा तीन जना महिला मन्त्री हुनुपर्नेमा एक जना मात्र हुनु अत्यन्तै निराशाजनक हो। “मन्त्रिमण्डलको आकार र संरचना देख्दा आफू छक्क परेको छु,” उनले भनिन्।

 


समानुपातिक, समावेशी, पहिचान, जातीयता र संस्कृतिको मुद्दा आफूहरूको राजनीतिक आधार रहेको दाबी गर्ने मधेश केन्द्रित दल, कांग्रेस र माओवादी नेतृत्वको प्रदेश सरकार नै पूर्णतः असमावेशी देखिनु दुःखद रहेको सांसद थापाको भनाइ छ।

 

आम जनता पार्टीका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले प्रदेशको कुल जनसंख्याको करिब १८ प्रतिशत हिस्सा ओगट्ने दलित समुदायलाई मन्त्रिमण्डलबाट बाहिर राखिनु समानुपातिक समावेशी व्यवस्थामाथिको ठाडो प्रहार भएको आरोप लगाए।

 

उनका अनुसार, मन्त्रिमण्डललाई पूर्णता दिएको नाममा दलित समुदायलाई नीतिगत रूपमा निषेध गरिएको सन्देश दिनु राजनीतिक असंवेदनशीलता मात्र होइन, संवैधानिक हकको गम्भीर उल्लङ्घन हो।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.