logo

फागुन २१ को चुनाव पछि मुलुकले मधेशी प्रधानमन्त्री पाउने रास्वपा सभापति पन्तको दावी

 इसीमाना सम्वाददाता     २०८२ पौष २० गते ०६: २२ मा प्रकाशित     445   पटक पढिएको

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरी पन्तले आगामी प्रतिनिधि सभा निर्वाचनपछि देशले इतिहासमै पहिलोपटक मधेसी प्रधानमन्त्री पाउने दाबी गरेका छन्।

 

 फागुन २१ गते हुने निर्वाचनपछि मधेसकै युवा नेतृत्व बालेन्द्र साहलाई प्रधानमन्त्रीका रूपमा अघि बढाइने उनले बताए।

 

वीरगञ्ज महानगरपालिका–१ मा सम्पन्न रास्वपाको प्रथम वडा भेलालाई सम्बोधन गर्दै सभापति पन्तले मधेसको छोरालाई देशको सर्वोच्च कार्यकारी पदमा पुर्‍याउने अभियान ऐतिहासिक र गर्वको विषय भएको उल्लेख गरे।

 

अब परिवर्तनको लहर सुरु भइसकेको भन्दै मधेसका युवालाई नेतृत्वमा पुग्नबाट कसैले रोक्न नसक्ने उनको भनाइ थियो।

 

छपकैया बजारमा सम्पन्न उक्त भेलाबाट धुरूप साहको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा मनोज कुमार, सचिवमा धीरज साह कलवार चयन भएका छन्।

 

 सदस्यहरूमा धुरेन्द्र साह तेली, ललन पासवान, लालचन कुमार कानु, धर्मेन्द्र दास, असलम मियाँ, राधे साह तेली, गिरिजा देवी ठाकुर र उमराबती देवी रहेका छन्। साथै, बैजु साह, मिकाइल मियाँ र श्याम साहलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ।

 

भेला राष्ट्रिय स्वतन्त्र पार्टी वीरगञ्ज महानगरपालिकाका सभापति अमन आलमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नम्बर १ का ठूलो संख्यामा स्थानीयवासीहरूले पार्टीमा प्रवेश गरी रास्वपाप्रति बढ्दो जनसमर्थन देखाएका थिए।

कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गरेका थिए। भेलालाई पार्टीका केन्द्रीय सदस्य डा.नन्दन यादव, क्षेत्रीय सभापति राम आर्यलगायत नेताहरूले सम्बोधन गरेका थिए भने किसान साहले स्वागत मन्तव्य राखेका थिए।

 

कार्यक्रममा महानगर उपाध्यक्ष परितोष द्विवेदी, सचिव गौतम श्रेष्ठ, जिल्ला सचिव सुदिष प्रजापति, कोषाध्यक्ष दिलीप कुर्मी, फैयाद मियाँलगायत पार्टीका अगुवा नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.