logo

महानगर प्रमुख सिंहको सुझाव ,नोक्सानी अगावै शान्ति र सदभावको ठोस पहलकदमीकालागि जुटौं

 इसीमाना सम्वाददाता     २०८२ पौष २२ गते ०२: ४२ मा प्रकाशित     265   पटक पढिएको

वीरगंज बाहिर उत्पन्न भएका विवादलाई जबर्जस्ती वीरगंजमा ल्याएर शहरलाई अशान्त बनाउने, धार्मिक भावना भड्काउने र आफूलाई धर्मको ठेकेदार ठान्ने सीमित व्यक्तिहरू अझै पनि किन कानुनी कारबाहीको दायरामा आएका छैनन् ?


के वीरगंज बारम्बार केही व्यक्तिको निहित स्वार्थ पूरा गर्ने प्रयोगशाला बनिरहन बाध्य छ ? वीरगंज महानगर प्रमुख राजेशमानसिंहले आफनो फेसबुक पेजमा लामो स्टाटस लेख्दै यि मार्मिक सवालको उठान गरेका छन । 

 

सदियौँदेखि जोगिँदै आएको हिन्दू–मुस्लिम भाईचारा, सहअस्तित्व र सामाजिक सद्भावलाई योजनाबद्ध रूपमा भत्काउन खोज्नेहरूलाई जरैदेखि कारबाही नगरेसम्म यस्ता समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्दैनन्। समस्या आफैँ समाधान हुँदैन, यसलाई समाधान गर्ने इच्छाशक्ति र निष्पक्ष राज्य हस्तक्षेप चाहिन्छ। 

 

शान्ति–सुरक्षा कायम गर्नु राज्य र सुरक्षा निकायको संवैधानिक दायित्व हो। समाजका अगुवा र सरोकारवालाको भूमिका सहजीकरण र सहकार्यमा सीमित हुन्छ। सम्भावित जोखिमको आँकलन, विश्लेषण, नियन्त्रण र दोषीमाथि कानुनी कारबाही गर्ने सम्पूर्ण संयन्त्र सरकारसँग हुँदाहुँदै पनि, बाहिरबाट आयातित विषयका कारण जब–जब धार्मिक तनाव चर्किन्छ, तब सम्बन्धित निकाय किन आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्छ ? उनको प्रश्न छ ।

 

आफ्नो व्यक्तिगत वा समूहगत स्वार्थ पूरा गर्न पूरै शहरलाई भयभीत, आक्रान्त र अशान्त बनाउनेहरूलाई पक्राउ गरी कडा कारबाही गर्न प्रशासन किन हिच्किचाइरहेको छ ?

 

वीरगंज कुनै व्यक्ति, कुनै समूह वा कुनै एजेन्डाको बन्धक होइन। यो शान्ति, सद्भाव र आपसी विश्वासको साझा शहर हो।

 

यसलाई भड्काउन खोज्ने जो–कोहीमाथि निष्पक्ष र कठोर कानुनी कारबाही हुनु नै न्याय, स्थायित्व र दीर्घकालीन समाधानको एकमात्र आधार हो।

 

 अपराधपछि मात्रै सद्भावका र्‍याली र औपचारिक बैठक गर्नु समाधान होइन, त्यो त केवल राज्यको असफलतामाथि टाँसिएको औपचारिक मलम हो भन्दै उनले नोक्सानी अगावै शान्ति र सदभावको ठोस पहलकदमीकालागि सुझाए का छन ।


उनले धर्म भावना र आस्थासँग जोडिएको विषय हो। कसैले कसैको भावनासँग खेल्न हुदैन । जो कोही भावना भड्काएर समाज बिथोल्न खोज्छ, उसलाई कुनै पनि हालतमा छुट दिन मिल्दैन भनेका छन । 

उनले अपिल गर्दै भनेका छन  आउनुहोस्, आपसी सद्भाव र भाईचारा अझ सुदृढ बनाउँदै, डर होइन विश्वासमा आधारित समाज निर्माण गरौँ।
शान्त, समुन्नत र समावेशी “वैभव वीरगंज” तर्फ एकजुट भएर अघि बढौँ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.