logo

यस वर्षको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार देवकोटालाई

 इसीमाना सम्वाददाता     २०८२ पौष २९ गते ०९: ११ मा प्रकाशित     613   पटक पढिएको

वीरगन्ज । पर्सा जिल्लाको पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार गोविन्द देवकोटालाई यस वर्षको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।

 

 नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालको अध्यक्षतामा मंगलवार बसेको बैठकले यस बारेमा निर्णय गरेको हो ।

 

उक्त पुरस्कार पर्साका पूर्वमेयर तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्वअध्यक्ष स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको हो।

 

स्व. गिरी वि.सं. २०६० माघ १ गते तत्कालीन वीरगञ्ज महानगरपालिकाका मेयरका रूपमा कार्यरत रहँदा माओवादी विद्रोहीद्वारा हत्या गरिएका थिए  ।

 

पुरस्कारबाट सम्मानित हुने पत्रकार देवकोटा हाल सामुदायिक रेडियो प्रसारक संघ (एकोर्यावका )का वरिष्ठ उपाध्यक्ष तथा नारायणी एफएमका अध्यक्ष हुन ।

 

साथै, उनी रेसखबर अनलाइनका संस्थापकसमेत हुन । स्थानीयदेखि राष्ट्रिय सरोकारका विषयलाई निरन्तर कलम चलाउदै आएका देवकोटाले निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन ।

 

यसअघि यो पुरस्कारबाट पर्साका पत्रकारहरू शंकर अचार्य ,के.सी.लामिछाने ,ओमप्रकाश खनाल ,  शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, बृजलाल पासवान,खनाल, कन्हैयालाल केसरी, गया यादव र पंकज श्रेष्ठ सम्मानित भइसकेका छन्।

 

स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारले वीरगन्ज तथा पर्सामा निरन्तर पत्रकारिता मार्फत योगदान पुर्‍याउँदै आएका पत्रकारहरूलाई प्रोत्साहन गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

 

पुरस्कारको राशी ५१ हजार रुपैया रहेको छ । पुरस्कार स्व.गिरीको स्मृतिमा दिवसका अवसरमा प्रदान गरिने नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.