logo

कांग्रेस नेता अजय द्विवेदीको भावूक सन्देश ,कांग्रेस भित्रको द्वण्द्व उपयोग गर्न खोज्नेको सपना चक्नाचुर

 इसीमाना सम्बाददाता     २०८२ माघ ६ गते ०९: ०२ मा प्रकाशित     228   पटक पढिएको

वीरगंज । नेपाली कांग्रेसका नेता अजय कुमार द्विवेदीले पद, सत्ता र स्वार्थका लागि गरिने राजनीति क्षणिक हुन्छ र एकदिन अवश्य सिद्धिने बताएका छन ।

 

उनले सिद्धान्त, मूल्य र लोकतान्त्रिक आस्थाका लागि गरिने राजनीति कहिल्यै समाप्त नहुने उल्लेख गरेका छन । बिचारधारत्मक आन्दोलनबाट आएको ब्यक्तिका बारेमा ब्यक्त बिभिन्न धारणाको जवाफ दिदै द्विवेदीले यस्तो लेखेका हुन ।

 

उनले आफनो सामाजिक संजाल फेसबुकमा भावनात्मक स्टाटस लेख्दै आफू कुनै सेटिङ्गको प्रभावमा नपरेको र आफनो राजनीतिक जीवन समेत समाप्त नभएको उल्लेख गरेका छन । भलै उनले आफूले टिकट नपाएकोमा सामान्य आश्चर्य लागेको भने उल्लेख गरेका छन । 


जिल्लामा राजनीतिक साख, पार्टीभित्र बलियो संगठन र निर्वाचन क्षेत्रमा निरन्तर सहकार्य हुँदाहुँदै पनि नेपाली काँग्रेसले यसपटक मलाई उम्मेदवार नबनाएको निर्णयले क्षणिक रूपमा आश्चर्य त पक्कै गरायो उनले लेखेका छन ।

 

तर देश र पार्टीभित्र पुस्तान्तरण, नवीकरण र परिवर्तनका लागि उठिरहेका आवाजहरूलाई गहिराइका साथ सुन्दा, योपटक पछि हट्ने निर्णय समयको मागसँग मेल खान्छ भन्ने अनुभूति पनि भएको छ भन्दै पार्टीको निर्णयलाई सम्मान गरेका छन । 

 

त्यती मात्र होइन नेता द्विवेदीले पार्टीको आधिकारिक उम्मेदवारको सन्दर्भमा स्पष्ट पार्दै अनिलजी र आफु राजनीतिक यात्राका मात्र होइन, जीवनका पनि पुराना साथी हौँ। पार्टीले उहाँलाई जिम्मेवारी सुम्पिएसँगै, मेरा तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग निस्वार्थ भावले रहनेछ।

 

व्यक्ति होइन, पार्टी र विचार हाम्रो केन्द्र हो भनेर नेपाली कांग्रेस भित्र द्वण्द्व हुने र त्यसबाट फाइदा लिने सपना बोकेकाहरुको सपना भने चक्नाचुर पारिदिएका छन । 

 

 

उनले म ११ वर्षको उमेरमा नेपाल विद्यार्थी संघ हुँदै नेपाली काँग्रेसको राजनीतिमा प्रवेश गरेको मान्छे हुँ। कहिले प्रशासनले ठूलोबुवालाई थुन्ने, कहिले मार्ने धम्की दिँदै हाम्रो परिवारलाई त्रसित बनाएको ती दिनहरू मैले बिर्सिएको छैन।

 

त्यही परिस्थितिबाट आएको त्यो ठिटोलाई कुनै संसद् भवनले लोभ्याउँछ भन्ने कल्पना आफैंमा हास्यास्पद भएको उनले लेखेका छन । उनले यसरी लेखेर उनका बिषयमा हुदै आएका उडन्ते तर्कहरुलाई खारेज गरिदिएका छन । 

 

उनले अन्तिममा लेखेका छन ,पद, सत्ता र स्वार्थका लागि गरिने राजनीति क्षणिक हुन्छ र एकदिन अवश्य सिद्धिन्छ। तर सिद्धान्त, मूल्य र लोकतान्त्रिक आस्थाका लागि गरिने राजनीति कहिल्यै समाप्त हुँदैन। हामी सत्ता होइन, विचारका लागि लड्ने मान्छे हौँ— र यो लडाइँ अन्तिम श्वाससम्म निरन्तर चलिरहनेछ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.