logo

बहुदरमाईमा एमाले उम्मेदवार यादव,ग्रामीण अर्थतन्त्र सशक्त बनाउने आफ्नो योजना रहेको सुनाइन

 इसीमाना सम्वाददाता     २०८२ माघ १५ गते ०८: २४ मा प्रकाशित     300   पटक पढिएको

वीरगंज ।  नेकपा एमाले बहुदरमाई नगर कमिटीले बिहिवार स्थानीय अगुवा कार्यकर्ताका लागि विशेष भेला सम्पन्न गरेको छ ।

 

 कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रथम नगरप्रमुख तथा नेकपा एमाले केन्द्रीय कमिटि  सदस्य  बिजय कुमार सरावगीले अहिलेको चुनावको महत्वका बारेमा चर्चा गरेका थिए ।

 

उनले सुशासन र समानताको प्रत्याभूतीकालागि एमालले चुनाव जित्नु पर्ने आवश्यकता रहेको बताए । उनले पार्टीले नागरिकको जीवनस्तर सुधार, सुशासन, रोजगारी सृजना र सामाजिक न्याय सुनिश्चित गर्ने लक्ष्य लिएको बताए । 

 

भेलामा पार्टीका मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले पार्टीको ध्येय र मिशनमा अझ जिम्मेवारीपूर्वक सहभागी भई जनताको विश्वास जित्न लाग्नु पर्ने बताए ।

 

उनले जेनजी उम्मेदवारलाई पार्टीले जनताको वीचमा उतारेर जेनजीले उठाएको भ्रष्टाचारमुक्त र सुशासनयुक्त ब्यवस्थाको माँग सम्बोधन गरेको बताए  ।

 

 पार्टीका स्थानीय नेता, सक्रिय कार्यकर्ता तथा संगठनका प्रतिनिधिहरूले आगामी निर्वाचन तयारी, पार्टी संगठन सुदृढीकरण र क्षेत्रीय जनसम्पर्क विस्तारबारे विस्तृत छलफल गरे। 

 

कार्यक्रममा पार्टीको तर्फबाट प्रस्तुत उम्मेदवार रिमा यादवले सामाजिक न्याय र लोक कल्याण्कोलागि एमालेको सरकार आवश्यक रहेको बताइन ।

 

उनले सडक, पुल, खानेपानी, बिजुली, र स्वास्थ्य सेवाको दिगो विकास र कृषि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै ग्रामीण अर्थतन्त्र सशक्त बनाउने आफ्नो योजना रहेको सुनाइन । 

 

कार्यक्रममा पार्टीका विभिन्न तहका नेता र कार्यकर्ताबीच अनुभव आदान–प्रदान भए, आगामी राजनीतिक अभियानमा एकताको महत्व र समन्वय आवश्यक रहेको जोड दिइयो।

 

भेलाले स्थानीय संगठनलाई मजबुत बनाउने र आगामी निर्वाचनमा एमालेको प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.