logo

गौरमा डुबानको जोखिम बढ्ने चिन्ता, बाँधको उच्चाइ बढाउने र साइफन बन्द गर्ने कामप्रति स्थानीयको आपत्ति

 इसीमाना सम्वाददाता     २०८२ फागुन १ गते ०१: ०५ मा प्रकाशित     211   पटक पढिएको

रौतहट । रौतहट जिल्लाको गौर क्षेत्रमा बाँध मर्मत तथा सम्भारको नाममा उच्चाइ थप बढाउने र साइफन बन्द गर्ने कार्य तीव्र गतिमा भइरहेको भन्दै स्थानीय बासिन्दाले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले उक्त कार्यले आगामी वर्षायाममा गौर पुनः डुबानको जोखिम बढ्ने चेतावनी दिएका छन्।

 

 

स्थानीयका अनुसार गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ दशगजा क्षेत्र नजिकै बाँध स्तरोन्नती तथा संरचना परिवर्तनको काम भइरहेको छ।

 

 अन्तर्राष्ट्रिय प्रावधानअनुसार दशगजा क्षेत्र आसपास कुनै पनि स्थायी भौतिक संरचना निर्माण गर्न नपाइने भए पनि दशगजादेखि करिब ३०–४० मिटर दूरीमा बाँध निर्माण तथा मर्मतका नाममा संरचना थप मजबुत बनाउने काम भइरहेको उनीहरूको दाबी छ।

 

रौतहटका समाजसेवी महमद अजादका अनुसार “मर्मतको बहानामा बाँध अझ अग्लो बनाइँदैछ र पानी निकासका लागि बनाइएको साइफनसमेत बन्द गर्ने काम भइरहेको छ। यसले पानीको प्राकृतिक बहाव अवरुद्ध भई गौर फेरि डुबानमा पर्ने निश्चित छ।”

 

स्थानीय बासिन्दाले वडा अध्यक्ष, नगर प्रमुख, जिल्ला प्रशासन कार्यालय तथा सशस्त्र प्रहरी बललगायत सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै ठोस प्रतिक्रिया नआएको गुनासो गरेका छन्। “हामीले पटक–पटक जानकारी गरायौं, तर कसैले चासो देखाएन,” एक स्थानीयले बताए।

 

स्थानीयको भनाइमा, यदि तत्काल उक्त निर्माण तथा स्तरोन्नतिको काम रोकिने पहल नभए आगामी वर्षायाममा गौर पुनः गम्भीर डुबानको जोखिममा पर्नेछ। यस विषयमा सम्बन्धित सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरू मौन बसेको आरोपसमेत लगाइएको छ।

 

यस सम्बन्धमा सरोकारवाला निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। स्थानीयले तत्काल स्थलगत अनुगमन गरी विवादित निर्माण कार्य रोक्न र दीर्घकालीन समाधान खोज्न माग गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.