logo

अलपत्र भलुवाही पुल चुनावी बहसमा आयो, ठेकेदारलाई उम्मेदवार बनाएर जनमतको अपमान गर्न खोजेको आरोप

 इसीमाना सम्वाददाता     २०८२ फागुन ३ गते ०१: ३१ मा प्रकाशित     326   पटक पढिएको

वीरगंज ।  पर्सा निर्वाचन क्षेत्र नं। ३ मा भलुवाही खोलाको अधुरो पुल चुनावी बहसको केन्द्र बनेको छ। नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीले उक्त पुल अगाडि उभिएर सार्वजनिक गरेको भिडियो सन्देशमार्फत पुल निर्माणमा ढिलाइ र जिम्मेवारीको विषय उठाएका छन्।

चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा ठेकेदार रामाकान्त चौरसियामाथि पुल अलपत्र छोडेको आरोप लगाउँदै यस्ता व्यक्तिलाई मत दिन नहुने बताएका छन्।

 

उनले सुशासन र पारदर्शिताको नारा दिने दलले अधूरा योजना बोकेका उम्मेदवार अघि सारेको आरोपसमेत लगाएका छन्। चौरसियाको उम्मेदवारी जनमताको अपमान भएको टिप्पणी गर्न थालिएको छ ।

 

सुशासन पारदर्शीताको राग अलाप्ने रास्वपाले आफनो पेशा ब्यवसायमा इमान्दारीतापूर्वक काम नगरेर आलोचित भइरहेको ब्यक्तिलाई उम्मेदवार बनाएर जनमताको अपमान गर्न खोजेको आरोप लागेकको हो ।  यद्यपि, चौरसिया पक्षबाट यसबारे आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

पौने दुई दशकदेखि अधुरो

पर्सा क्षेत्र नं. ३ अन्तर्गत पर्ने पटेर्वासुगौली गाउँपालिका–४ सुगौली फरदवा र क्षेत्र नं. ४ को जीराभवानी गाउँपालिका–५ बीचको भलुवाही खोलामा निर्माणाधीन पुल करिब १७ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।

 

 उक्त पुल वाईपी मोना कन्स्ट्रक्शनले सडक डिभिजन कार्यालयसँग करिब साढे पाँच करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

 

लामो समय बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा निर्माण कम्पनी र नियामक निकाय दुवैको जिम्मेवारीमाथि प्रश्न उठेको छ।

 

जनजीवनमा प्रत्यक्ष असर

 

भलुवाहीसहित यस क्षेत्रका अधुरा पुलहरू थरुहट सडकका मुख्य मेरुदण्ड मानिन्छन्। वर्षायाममा खोलामा बाढी आउँदा हजारौं स्थानीयको आवागमन ठप्प हुने गरेको छ।

 

 स्थानीय बासिन्दाका अनुसार एम्बुलेन्स आउन नसक्दा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था समेत सिर्जना भएको छ।

 

 कृषि उपज बजारसम्म पुर्‍याउन कठिन हुँदा ढुवानी खर्च दोब्बर हुने गरेको उनीहरूको भनाइ छ। साथै, सुरक्षा निकायलाई गस्ती तथा आपत्कालीन परिचालनमा समेत समस्या हुने गरेको बताइएको छ।

 

गुनासो धेरै, सुनुवाइ कम

 

स्थानीयहरूले विगतमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन र जनप्रतिनिधिलाई पटकपटक ध्यानाकर्षण गराए पनि ठोस पहल नभएको गुनासो गरेका छन्।

 

 निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलका उम्मेदवारहरूले पुल निर्माणलाई प्राथमिकता दिने आश्वासन दोहोर्‍याइरहेका छन्। तर स्थानीयहरू भने आश्वासनप्रति सशंकित देखिन्छन्।

 

“१७ वर्षसम्म पुल जस्ताको त्यस्तै छ। चुनाव आयो भन्दैमा कसरी विश्वास गर्नेरु” एक स्थानीयले आक्रोश व्यक्त गरे। उनका अनुसार ठेकेदार र राजनीतिक नेतृत्वबीचको मिलेमतोका कारण गाउँको विकास रोकिएको छ भन्ने आशंका व्यापक छ।

 

तीनवटा निर्वाचन पार गरिसकेको यो पुल अब चौथो चुनावको मुद्दा बन्न पुगेको छ। तर चुनावपछि विषय ओझेलमा पर्ने परिपाटी दोहोरिन नदिन मतदाताले दबाब सिर्जना गर्नुपर्ने स्थानीयको माग छ।

 

यस विषयमा सम्बन्धित निर्माण कम्पनी, सडक डिभिजन कार्यालय तथा आरोपित उम्मेदवारको आधिकारिक धारणा आउन बाँकी छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.