logo

प्रदीप यादवले दिए पन्तलाई बधाई,मतदातालाई धन्यवाद

 इसीमाना सम्बाददाता     २०८२ फागुन २३ गते ०९: ५५ मा प्रकाशित     180   पटक पढिएको

वीरगंजलो । नेकपा एमालेका एमालेका  उम्मेद्वार प्रदीप यादवले हार स्वीकार गरेका छन उनले सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै आफ्ना प्रितद्वन्दी हरि पन्तलाई बधाई दिएका छन ।

 

उनले फेसबुकमा  लाेकतन्त्रकाे  सुन्दरता जनताको मतलाई सर्वोच्च मान्नुमा निहित हुन्छ। यही विश्वासका साथ मैले नेकपा( एमाले) पर्सा निर्वाचन क्षेत्र न.१ सूर्य चुनाव चिह्न बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी भएको थिएँ।

 

यसपटक अपेक्षित परिणाम हासिल गर्न नसके पनि निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु भनेर लेखेका छन। जनताको निर्णय सधैं मेरो लागि मार्गदर्शक रहनेछ। यस निर्वाचन यात्रामा मलाई माया, विश्वास र साथ दिनुहुने सम्पूर्ण मतदाता, समर्थक, अग्रज, साथीभाइ, युवाशक्ति तथा शुभेच्छुकहरूप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गरेका छन ।

 

उनले तपाईंहरूको साथ, प्रेरणा र भरोसाले मलाई सधैं उत्साहित बनाइरहेको छ। निर्वाचन अभियानमा दिनरात खटिनुहुने सबै साथीहरू र सहयोगीहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दछु।

 

तपाईंहरूको मेहनत, समर्पण र साथले यो यात्रा अर्थपूर्ण बनाए भन्कोदै  यसपटक विजय हासिल गर्नु भएका राष्ट्रीय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धि प्रसाद पंत ( हरि पन्त) ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु भनेका छन।

 

क्षेत्र र राष्ट्रको हितका लागि उहाँले उत्कृष्ट कार्य गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। निर्वाचनमा हार भए पनि जनताको सेवा गर्ने मेरो प्रतिबद्धता अडिग रहनेछ। समाज र राष्ट्रको समृद्धिका लागि म निरन्तर समर्पित रहनेछु। फेरि एकपटक सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद दिएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.