logo

पर्साको क्षेत्र नं ३ मा रास्वपाका चौरसिया र ४ मा शाक्य बिजयी

 इसीमाना सम्बाददाता     २०८२ फागुन २४ गते १०: ०७ मा प्रकाशित     137   पटक पढिएको

वीरगंज ।  पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चारवटै क्ष्ैत्रमा जीत हासिल गरेको छ । पर्साको क्षेत्र नं ३ को  अन्तिम मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार रामाकान्त प्रसाद चौरसिया  निर्वाचित भएका हुन् ।

 

चौरसियाले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका  उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीलाई १३ हजार ३ सय १३ को फराकिलो मतान्तरले पराजित गरेका छन् ।

 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार चौरसियाले २९ हजार ६ सय ७९ मत प्राप्त गर्दा कांग्रेसका चौधरीले १६ हजार ३ सय ६६ मतमा चित्त बुझाउनु पर्यो ।

 

 यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेय तेस्रो स्थानमा खुम्चिएका छन् । पाण्डेयले ११ हजार ९ सय १४ मत प्राप्त गरेका छन् ।


त्यसैगरि  पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेक बहादुर शाक्यले शानदार विजय हासिल गरेका छन् ।

 

पोखरियास्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना माध्यमिक विद्यालयमा शनिवार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार शाक्यले २८ हजार ६०६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

 

शाक्यले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य रमेश रिजाललाई १५ हजार ४७२ मतको फराकिलो अन्तरले पराजित गरे । रिजालले मात्र १२ हजार ४३५ मत प्राप्त गरेका छन् ।


निर्वाचनमा नेकपा ९एमाले० का जालिम मियाँ मन्सुरी तेस्रो स्थान धकेलिएका छन् । पर्साकै जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्ष मियाँले १२ हजार १४५ मत प्राप्त गरेका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.