logo

मतदाता शिक्षाले हावा खायो,जनताको सार्वभौम हजारौ मत बदर

 इसीमाना सम्बाददाता     २०८२ फागुन २५ गते ०६: ५४ मा प्रकाशित     193   पटक पढिएको
वीरगन्ज । पर्सा जिल्लामा धेरैको संख्यामा मत बदर भएको छ । जिल्लाको चारवटै क्षेत्रमा १६ हजार बढी मत बदर भएको विवरण सार्वजनिक भएको छ ।
 
पर्साका चारवटै क्षेत्रमा कुल खसेको २ लाख ५९ हजार २ सय ६४ मतको ६ दशमलव ३३ प्रतिशत मत बदर भएको मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले बताए ।
 
उनका अनुसार जिल्लाका चारवटै क्षेत्रमा १६ हजार ४ सय ३० मत बदर भएको छ ।
 
पर्सा क्षेत्र नम्बर १ मा ४ हजार ८१, क्षेत्र नम्बर २ मा ४ हजार ५ सय मत बदर भएको छ । यसैगरी क्षेत्र नम्बर ३ मा ४ हजार ७ सय ३० र क्षेत्र नम्बर ४ मा ३ हजार १ सय १९ म तबदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 
 
 निर्वाचनबारे कम प्रचारप्रसार तथा जनचेतना कम भएकोले मतपत्र बढी बदर भएको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।त्यसैगरि महोत्तरीमा २० हजार मत बदर भएको छ । 
 
 
मतगणना परिणामअनुसार प्रत्यक्षतर्फ महोत्तरीमा २० हजार मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम प्रतिवेदनमा जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ९३५ मत बदर भएको हो । 
 
 
क्षेत्रगत रूपमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा तीन हजार ९५४, निर्वाचन क्षेत्र नम्बर २ मा पाँच हजार ४४९, निर्वाचन क्षेत्र नम्बर ३ मा पाँच हजार १० र निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच हजार ५२२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले बताए  ।
 
त्यस्तै बाँकेमा  कूल १३ हजार ४४२ मत बदर भएको छ । प्रतिनिधसभा सदस्य निर्वाचन २०८२ का क्रममा जिल्लाको निर्वाचन क्षेत्र नं १, २ र ३ मा ती मत बदर भएको हो । 
 
जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले मतदाता शिक्षा सञ्चालन भए पनि मतपत्रमा दुई वटा सङ्केत गरेको र ल्याप्चेसमेत हानेको पाइएको बताए । 
 
 
उनले त्यसबाहेक चिह्नमाथि छाप लगाएको, मत माग्न आएका सबैको चिह्नमा छाप लगाएको र समानुपातिकतर्फ सबैमा छाप लगाएको पाइएको उल्लेख गरे  ।
 
शाहीका अनुसार बाँकेको निर्वाचन क्षेत्र नं १ मा कूल खसेको ७४ हजार ९९२ मध्ये चार हजार ८५, निर्वाचन क्षेत्र नं २ मा कूल खसेको ७२ हजार सात मध्ये पाँच हजार ३०६ र निर्वाचन क्षेत्र नं ३ मा कूल खसेको ७४ हजार ३१० मध्ये चार हजार ५१ मत बदर भएको छ ।
 
 
  यसमध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ मा बदर मत रहेको छ भने सबैभन्दा कम निर्वाचन क्षेत्र नं ३ मा बदर मत रहेको छ । 
 
त्यस्तै दाङमा साढे १० हजार बढी मत बदर भएको छ ।  जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको जम्मा दुई लाख ५१ हजार ३६८ मतमध्ये १० हजार ६९८ मत बदर भएको हो । 
 
 
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार बदर प्रतिशत ४।२५ रहेको छ । जिल्लामा सबैभन्दा बढी क्षेत्र नं १ मा बदर भएको छ । जहाँ ८० हजार ४४६ मत खसेकामा चार हजार ५७ मत बदर भएको छ । 
 
 
 
त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत म्याग्दीमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा तीन प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ तीन हजार १७६ र समानुपातिकतर्फ एक हजार ७१० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 
 
 
त्यस्तै  कास्कीमा चार हजार ६९८ मत बदर भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा कूल एक लाख ९१ हजार ४२५ मत खसेकामा एक लाख ८६ हजार ७२७ मत सदर भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए  । उनका  अनुसार बदर मतको प्रतिशत दुई दशमलव ४५ प्रतिशत छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.